भ्यासेक्टोमी गर्दा शुक्रबाहिनी नलीलाईकाटेर त्यसका दुबै टुप्पालाई काँधिन्छ । यो काम जति सावधानीपूर्वक गरिने भए तापनि हजारौँमा एकदुई जनाको त्यसरी बाँधिएको धागो पछि फुस्किन पुग्छ ।
भ्यासेक्टोमी भनेको के हो ?
भ्यासेक्टोमी पुरुषहरुका लागिगरिने स्थायी बन्ध्याकरणको नाम हो । यो बन्ध्याकरणमा पुरुषकोअण्डकोष थैलीमा सानो घाउ पारी अण्डकोषबाट लिंगसम्म गएको शुक्रबाहिनी नलीलाईकाटेर बाँधिने हुँदा पुरुषको बिर्यमा शुक्रकिट हुँदैन। म्यासेक्टोमी गरेकापुरुषबाट सन्तान उत्पादन हुने क्रिया स्थायी रुपमा नै बन्द हुन्छ । तर भ्यासेक्टोमी गर्ने पुरुषको यौनक्रियामा भने कुनै असर पर्दैन । यो धेरै साधारण, सजिलो र थोरै समय लाग्ने शल्यक्रिया (अप्रेसन) हो । केहीबेरको आरमपछि भ्यासेक्टोमी गरेको व्यक्ति हिँडेरै पनि घर जान सक्छ ।
म्यासेक्टोमी गर्दा वीर्यनली काटिन्छ भनेको सुनिन्छ, यदि वीर्यनली काटिने हो भने फेरि लिंगबाट वीर्य कसरी आउने हुन्छ त ?
म्यासेक्टोमी गर्दा वीर्यनली होइन शुक्रकिट नली मात्र काटिन्ट । त्यसैले त शुक्रकीट आउन बन्द हुन्छ तर वीर्य प्रोस्टेट,सेमिनल भेसिकलबाट निस्कने तरल पदार्थ भने पहिले झैं आइरहन्छ ।
म्यासेक्टोमी गरेपछि उत्पादन भएका शुक्रकीट कहाँ जान्छन् ?
भ्यासेक्टोमी गरिसकेपछि उत्पादन भएका शुक्रकीटहरु आफैँ छिन्नभिन्न भएर शरीरले नै सोसर लिन्छ । केही बर्षपछि शुक्रकीटबन्न पनिकम हुन्छ ।
भ्यासेक्टोमी गरिसकेकाहरुबाट पनि कसैकसैको सन्तान भएको सुनिएको छ, कसरी त्यस्तो भएको होला ?
भ्यासेक्टोमी गर्दा शुक्रबाहिनी नलीलाईकाटेर त्यसका दुबै टुप्पालाई काँधिन्छ । यो काम जति सावधानीपूर्वक गरिने भए तापनि हजारौँमा एकदुई जनाको त्यसरी बाँधिएको धागो पछि फुस्किन पुग्छ । दुबै टुप्पा जोडिएर महिलामा गर्भ रहनजान्छ भने कसैकसैको तीवटा शुक्रबाहिनी नली पनि हुन्छन् जसले गर्दा दुईवटा काटे पनि अर्को काट्न बाँकी तेस्रो नलीबाट शुक्रकीट आउने क्रम नरोकिनाले गर्भ रहन्छ । त्यसैगरी कसैको भ्यासेक्टोमी गर्दा शुक्रबाहिनी नली काटिएका लिंगपट्टीको भागमा रहेको शुक्रमिश्रित वीर्य वाँकी नै रहने हुनाले त्यो ननिख्रिएसम्म अन्य साधनको प्रयोगगर्नुपर्नेमा त्यसो नगर्नाले गर्भ रहने गरेको पाइन्छ ।
म्यासेक्टोमी गरेको पुरुषले कति दिनसम्म यौनसम्पर्क गर्न हुन्छ ?
सामान्यतया म्यासेक्टोमी गरेको सात दिनपछि यौन सम्पर्क गर्न सकिन्छ । तर दुख्छ वा घाउमा पिडा हुन्छ भने जबर्जस्ती गर्नु चाहिँ हुँदैन यसो गर्दा घाउ पाक्ने तथा टाँका फुस्किने डर हुन्छ । साथै भ्यासेक्टोमी गरिसकेपछि कम्तिमा २० पटकमसम्म सम्भोग गर्दा कण्डम वा अन्य परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ । यति गरेपछि काटिएको शुक्रबाहिहनी नलीमा अड्की बसेको शुक्रकीट मिसिएको वीर्य सबै निख्रिन्छ अनि त्यसपछिका सम्भोगबाट गर्भ रहेने डर हुन्न ।






