के के हुन् नारीका बत्तीस लक्षण ?

विभिन्न शास्त्रमा नारीका बत्तीस लक्षणबारे चर्चा गरिएको छ । कुनै सुन्दर आवरणकी युवती देख्नासाथ पुरुषको मनमा बत्तीस लक्षणको कल्पना नाच्न थाल्छ । वास्तवमा बत्तीस लक्षणले युक्त नारीलाई विशिष्ट रूपमा हेरिएको हुन्छ । शास्त्रले व्याख्या गरेका नारीका बत्तीस लक्षण यस्ता छन् :

१.पद्मासनमा बस्दा वृत्ताकार ( गोलो )
आसनमा देखिनु,
२. हातका औंला लामा ( लामा हुनु ,
३. औंलाका कापमा छाला केही बढी र जोड्दा
टम्म मिलेका हुनु ,
४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा
पनि युवावस्थाको जस्तै तेज ,
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध ,
६. हरिणका जस्ता खुट्टा ,
७. गुप्तांग गुप्त रहनु,
८. शरीरको माथिल्लो भाग सिंहको झैं
सलक्क मिलेको हुनु ,
९. शरीरका अंग सुगठित हुनु ,
१०. काँध पुष्ट , चौडा र गोलो हुनु ,
११. पाखुरा राम्रोसँग र्फकने ,
१२. लामा पाखुरा,
१३. सम्पूर्ण शरीर तेजोमय ,
१४. शंखजस्तै घाँटी ,
१५. सोझो र सिंहको जस्तो चिउँडो ,
१६. बत्तीसवटा दाँत ,
१७. दाँत चम्किला ,
१८. समान र टमक्क मिलेका दाँत,
१९. स्वच्छ र सुन्दर बंगारा ,
२०. लामो जिब्रो ,
२१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद
लिने क्षमता ,
२२. भँगेराको जस्तो स्वर ,
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण
वाणी ,
२४. आँखीभौँ साँढेका जस्ता र नीलकमलको रंगजस्ता ,
२५. आँखीभौँका बीचमा कोमल र सूक्ष्म
रेखा,
२६. मिलेको केश, २७। अकबरी सुनजस्तै
प्रदीप्त शरीर ,
२८. प्रबल र प्रभावशाली व्यक्तित्व ,
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र
दाहिनेतिर घुमेका रौँ,
३०. नीलमणिजस्तो कालो र टल्कने केश ,
३१. स्तन , नितम्ब, कम्मर आदि सबैका शारीरिक
लक्षण आकर्षक ,
३२. दृढ स्वभाव।