लन्डनमा स्याङ्जा,सत्याग्रह र केन मिलेर भूपू गोर्खालाई बाढ्यो माक्स र सेनिटाइजर,

लन्डन ।लण्डन स्थित तीन नेपाली संस्थाद्धारा नेपाली ज्येष्ठ नागरीकहरुलाइ मास्क र सेनिटाइजर वितरण गरिएको छ।

बेलायत स्थित स्याङ्जा समाज युके,गोर्खा सत्याग्रह,केन ईन्टरनेसनल च्यारिटी युके गरि तीन संस्थाहरुकोे सक्रियतामा बुधबार साउथ ह्यारो क्षेत्रमा रहेका भूतपूर्व गोर्खा सैनिकका परिवार ज्येष्ठ नागरीकहरुलाई सुरक्षा सामग्री स्वरुप मास्क र सेनिटाइजर प्रदान गरिएको हो ।

कार्यक्रम सञ्चालन गर्दै स्याङ्जा समाज युकेका उपाध्यक्ष भरत गुरुङले विश्वमा महामारीको रूपमा फैलिएको र आगामी दिनहरूमा अझ बढी खतरनाक रूपमा फैलन सक्ने सम्भावना विद्यमान रहेको अवस्थामा कोरोनाभाइरसको संक्रमणलाई भित्रिन र त्यसबाट समाजमा संक्रमण फैलन नदिन माक्स, र सेनिटाइजर हस्तान्तरण गरेको जानकारी दिए ।

स्याङ्जा समाज युकेका वरिष्ठ सल्लाहकार दिपक गुरुङ (डेभिड)ले इंग्ल्याण्डका स्टोरहरुका साथै बैंक, हुलाक, टेकअवे, सुपरमार्केट, शपिङ सेन्टर, बस स्टप, एयरपोर्ट लगायतका सार्वजनिक स्थलमा फेसमास्क अनिवार्य गरिएको र तोकिएको सार्वजनिक स्थलहरुमा फेसमास्कको प्रयोग नगर्नेहरुलाई १ सय पाउन्ड सम्म जरिवाना गरिने उल्लेख भए पछि नेपाली बृद्ध बुबा आमाहरुलाई सुरक्षित रहनु हुन अग्रह गर्दे उक्त काम गरिएको  बताए ।‘पहिलो चरणमा सहयोग गरेका छौं। थप सहयोग पनि सोही अनुसार गर्नेछौं।उनले भने।

कार्यक्रममा गोर्खा सत्याग्रहका सह कोषाध्यक्ष श्रीमति बिष्णु गुरुङले आगोसरि फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्येष्ठ नागरीकहरुलाइ सुरक्षित भइ रहन आग्रह गर्दै ‘अहिले बेलायतमा संक्रमणको दर कमि भयो भन्दैमा हेलचेक्राईँ गर्नु हुँदैन’ ‘कुनै पनि बेला संक्रमणको दोस्रो लहर देखिन सक्छ, त्यसैले सचेत भएर बसौँ’ उनले भनिन,।

तमु धि लण्डन इकाईका सल्लाहकार श्रीमति बिना गुरुङले उपस्थित आमा बुवा हरुलाई मास्क र सेनिटाइजर वितरण गरेकी थिइन्।सो कार्यक्रममा गोर्खा सत्याग्रह कार्य समितिका सदस्यहरु नथुसिह थापा, श्याम कुमार गुरुङ्ग, ज्ञान बहादुर चाम्लिङ लगायत करिब एक सय जना स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा उपस्थित थिए।

कतिपय उपस्थित हुन नसक्नु हुने वृद्धावस्थाका नागरीकहरुलाइ स्याङ्जा समाज युकेका सल्लाहकार नवराज गुरुङ र तमु धि लण्डन इकाईका उपाध्यक्ष बिष्णु गुरुङले बर्न्टोक एरियामा घर घरमा पुगेर समेत वितरण गरेका थिए ।

समाजले यस अघि पनि  कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी सम्बन्धी सचेतना फैलाउँदै बेलायतका विभिन्न स्थानमा मास्क र स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।

यस महामारीलाई हराउनका लागि सामाजिक दूरी कायम गरी काम गर्नुपर्छ र वृद्धवृद्धाहरुलाई पनि उत्प्रेरित गर्नुपर्छ । उहाँहरुलाई जसरी जहाँबाट मिल्छ साथ सहयोग प्रदान गरौँ । वृद्ध आमाबुवाहरुको मनोदशा बुझौँ । उहाँहरुको कुरा सुनिदिऔँ । सकारात्मक सोचतर्फ प्रेरित गराऔँ