गुल्मीका महिला अधिकारकर्मीहरुद्धारा प्रधानन्यायधिश विरुद्ध महाअभियोग लगाउन माग

गुल्मी ९ साउन
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जन्मकैदको फैसला भइ कैद भुक्तान गरिरहेका पुर्व डि.आइ.इजी रञ्जन कोइरालालाइ सर्वाेच्च अदालतले उन्मुक्ती दिएको विषयमा महिला अधिकारकर्मी हरु आक्रोशित भएका छन् ।

सर्बाेच्चको यस किसीमको कदमले स्वतन्त्र न्यालपालिकाको धज्जी उडाइएको भन्दै नेपाल महिला संघ गुल्मीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र समेत पठाएका छन ।

बिज्ञप्तीमा न्यायपालिकाले पक्षपाती भएर व्यक्ति विशेषको पक्षपोषक भइ काम गर्नु भने लोकतान्त्रिक राज्य असफलता तर्फ उन्मुख भएको संकेत भएको लेखिएको छ । प्रधानन्यायधिश नै यस्ता कु–कृत्यमा लाग्नु र राज्यले यस्तै कुरालाइ समर्थन गर्नुले सरकार र राज्य दुवै असफल भएको स्पष्ट हुने बिज्ञप्तीमा जनाइएको छ ।

नेपाल महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी पाण्डेयले मनोमानी पुर्ण गरिएको निर्णयले प्रधानन्यायधिश कमजोर रहेको ठहर गरेको बताउँदै उनलाइ संसदबाट महाअभियोग लगाउनु पर्ने माग गरिन । यस्ता फैसलाले बिगतमा भएका निर्मला हत्याकाण्ड लगायतका महिला हिंसाका घटनाहरु ओझेलमा पर्ने समेत उनको भनाइ छ ।