काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । भारतीय मिडियाहरुले आप्mना छिमेकी देशहरुका बारेमा घृणा फैलाउने अर्थात अनर्गल प्रचार गर्न अझै छाडेका छैनन् । अंन्तर्राष्ट्रिय रुपमा भारतीय मिडियाहरुको बद्नाम भए पनि उनीहरुले पीत पत्रकारीता गर्न छाडेका छैनन् ।
च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको उनले बताए ।
विदेशी च्यानल हेर्दा वर्षमा करिब १ अर्ब नेपाली रुपैयाँ बाहिरिन्छ भने नेपालको विज्ञापन बजारमा ५ अर्ब घाटा लाग्छ । लिम्पियाधुरा, लिपुलेक विवाद बढेसँगै भारतीय मिडियाले लगातार नेपालविरुद्ध विषवमन गर्दैै आएका छन् ।
उनले भने ‘भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि हामी वितरकहरुले आफैं सल्लाह गरेर त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरेका हौं । तर इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति नल्याएसम्म हामीले चाहेरमात्र भारतीय च्यानलको प्रसारण रोक्न सकिन्न ।’ विदेशी च्यानल हेर्दा वर्षमा करिब १ अर्ब नेपाली रुपैयाँ बाहिरिन्छ भने नेपालको विज्ञापन बजारमा ५ अर्ब घाटा लाग्छ । लिम्पियाधुरा, लिपुलेक विवाद बढेसँगै भारतीय मिडियाले लगातार नेपालविरुद्ध विषवमन गर्दैै आएका छन् ।
‘नेपाली बजारमा उपलब्ध बहुराष्ट्रिय कम्पनीका ५० प्रतिशत उत्पादनको विज्ञापन भारतीय च्यानलमार्फत नेपालमा आउँछन्, तीमध्ये अधिकांशले नेपालमा विज्ञापन गर्दैनन्, भारतीय च्यानलकै भर परेका छन्,’ नेपाल चेम्बर अफ कमर्शका भाष्करराज राजभण्डारीको भनाइ छ । क्लिनफिड लागू भए भारतीय च्यानलबाट विज्ञापनबाहेकका कन्टेन्ट मात्र आउने थिए । र, नेपाली विज्ञापन बजारमा थप पाँच अर्बले बढेर १५ अर्बको हुनेछ ।
सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् । केबल अपरेटरहरुलाई सरकारले आग्रह गर्दा जुनसुकै बेला विदेशी च्यानलको प्रसारण रोक्न सक्छ । डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । म्याक्स टिभीका शर्माले अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहाननै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल गर्नु पर्ने बताए ।






