बेलायतमा नेपाली एकाउण्टेन्ट्सहरूले दिए व्यवसायीहरुलाई सुझाव

लन्डन । बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, ‘नेपाली एकाउण्टेन्ट्स एसोसियसन युके’ ले आइतबार बेलायतमा व्यापार व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरुसंग समसामयिक विषयमा छलफल गरेको छ। वेबिनारमा नेपाली व्यवसायीहरुले राखेका प्रश्न र जिज्ञासाहरुको वरिष्ठ एकाउन्टेटहरुले उत्तर दिएका थिए । करिब एकसय जना प्रत्यक्ष सहभागी र ५ हजार भन्दा बढीले प्रत्यक्ष प्रसारण मार्फत हेरेका थिए। सहभागीहरुले खास गरी व्यवसायमा आफ्ना समस्या, कोरोना भाइरस पछि व्यापार व्यवसायलाई पुनः संचालन गर्ने तथा ब्रिटिश सरकारले घोषणा गरेको राहत कार्यक्रमबारे प्रश्नहरु सोधेका थिए ।
अन्तरक्रियामा संस्थाका संयोजक सरोज सापकोटाले सबैलाई स्वागत गरेका थिए भने वरिष्ठ एकाउण्टेन्टद्वय समीरनाथ प्याकुरेल तथा जनक पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष सुरेन्द्र ढुंगाना, सहसंयोजक राजेन्द्र सुवेदी, वरिष्ठ व्यस्थापन विज्ञहरु पदम आचार्य, कृष्ण प्रसाद दाहाल, प्रकाश ढुंगाना, संयोजक सरोज सापकोटा तथा सचिव शशिधर नेपालले कार्यक्रममा ब्यवसायीहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
“Business Survival in Covid 19 & Beyond” विषयक छलफल आफ्नो संस्थाको पहलबाट नेपाली व्यवसायीहरु लाभान्वित भएको र राम्रो प्रतिक्रिया आएको हुँदा भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै जाने संस्थाका महासचिव शशिधर नेपालले बताए। उनले सबै सहभागीहरुलाई धन्यवाद पनि दिए।
कार्यक्रमको संचालन वरिष्ठ एकाउण्टेन्ट एलएन पाण्डेले गरेका थिए ।
कार्यक्रमको पुरा भिडियो: https://youtu.be/Wvgs6NdaXPo