लन्डन । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ७ रुपाकोट, म्यालपोखरामा हेल्थ सेन्टर निर्माणको लागि १ करोड २० लाख रुपियाको बजेट परेको छ । सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त रकम सो हेल्थ सेन्टरको लागि विनियोजन भएको हो ।
एनआरएनए यूके सल्लाहकार समेत रहेका समाजका सस्थापाक उपाध्यक्ष एबम सल्लाहकार मोति भण्डारी,एनआरएन युकेका पूर्व सचिब एबम गुल्मी जिल्ला समाजका उपाध्यक्ष तारानाथ भण्डारीले हेल्थ सेन्टर निर्माणको लागि आवश्यक जग्गा खरिदका लागि आर्थिक सहयोग प्रदान गरेका थिए । स्थानीय गाउँवासीहरुको आग्रहमा हेल्थ सेन्टरको जग्गा खरिद गर्न भण्डारीद्धयले ७ लाख रुपैयाँको सहायता उपलब्ध गराएका थिए ।
‘झण्डै दुई वर्ष अघि गुल्मी जिल्ला समाज यूकेका तर्फबाट सहयोग हस्तान्तरण गर्न हामी गुल्मी पुगेका थियौं । जग्गा खरिद गर्दाको स्मरण गर्दै मोती भण्डारीले भने, तारा भण्डारीले ३ लाख ५० हजार र म मोती भण्डारी ३ लाख ५० हजार हालेर ७ लाख रुपैयाँ डोनेशन दिएका हौं ।छलफल भएको १५ दिनभित्र हामीले पैसा उपलब्ध गराएपछि स्वास्थ्य केन्द्रको नाममा जग्गा आयो ।
भवन निर्माणका लागि जग्गा उपलब्ध भएपछि सरकारले बजेट विनियोजन गर्नुपर्ने प्रावधान रहेछ । आर्थिक वर्ष २०७६–०७७ को वजेट भाषणमा उक्त स्वास्थ्य चौकीका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन भएछ । यही साउन महिनादेखि काम हुँदैछ । निर्माण समिति गठन, नक्सा पास र ठेक्का दिने काम पहिलो चरणमा हुन्छ ।
हेल्थ सेन्टरको जग्गा खरिदपछि स्थानीय चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण खत्री, वडा नम्बर ७ रुपकोटका अध्यक्ष लक्ष्मी भण्डारी लगायतको विशेष पहलमा सरकारबाटै बजेट छुट्टिएको भन्दै भण्डारीले सबैको सहयोगका लागि धन्यवाद दिए । उनका अनुसार आउँदो श्रावण महिनादेखि नै हेल्थ सेन्टर निर्माणको काम शुरु हुनेछ । एक वर्षभित्र भवन निर्माण पूरा गर्ने छ । हेल्थ सेन्टर विस्तारको लागि अर्को वर्ष थप बजेट प्राप्त हुने अपेक्षा गरिएको छ ।
पहिलो पटक म बेलायत घुम्ने हिसाबले आएको थिएँ, बेलायतमा औषधि विज्ञान नै पढेर डाक्टर बनेर नेपाल फर्किने मेरो टार्जेट थियो । तर नेपालमा द्वन्द्वकालको सुरुवात, माओवादीको जगजगीले गर्दा नेपाल फर्किन सकिनँ । गुल्मीमा हुँदा म वामी, मजुवा र तम्घासमा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सहायक भएर काम गरे ।
बिल्डिङ बन्नेवित्तिकै हामीहरु मिलेर स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराउन सकियो भने त्यो ठाउँमा अहिले घना बस्ती भइरहेको छ, मान्छेले अकालमा ज्यान गुमाउनु बाट बचाउन सकिन्छ ।
त्यत्तिबेला हामी नगएको भए यो काम हुँदैन थियो । जग्गा उपलब्ध नभए हेल्थ सेन्टर बन्ने काम हुँदैन थियो । त्यस्तो सेन्टर ठाउँमा जग्गा कसैले उपलब्ध गराउँदैन थिए ।अप्ठ्यारो प-यो भने मात्र गुल्मी जिल्ला समाजलाई सहयोग मागौंला ।लन्डन नेपाल न्युज संग भण्डारी ले भने ।






