बेलायतबाट सुरु भयो ग्लोबल नेप्लिज डटकम (शुभकामना संदेश सहित)

लन्डन। बेलायतबाट नयाँ अनलाइन पत्रिकाग्लोबल नेप्लिज डटकम,  को प्रकाशन शुरु गरिएको छ।

एलडिसी न्युज सर्भिस लिमिटेडद्वारा प्रकाशन शुरु गरिएको उक्त अनलाइन अंग्रेजी भाषाको साउथ एसिया डटकमको सहप्रकाशनको रुपमा आएको प्रकाशकले जनाएका छन्।

सूचना र प्रविधिको विकासका कारण आज पुरै विश्व एउटा ‘ग्लोबल भिलेज’ बन्न पुगेको छ। प्रवासी नेपाली समुदायले आफु कार्यरत मुलुकमा योगदान पुराउनुका साथै नेपालको सामाजिकआर्थिक विकासमा पनि सहयोग गर्दै आएको छ । चाहे भूकम्पको बेला होस् या कोरोना संक्रमणको बेलाप्रवासमा रहेका नेपालीहरुको सहयोग र सहकार्य प्रशंसनीय छ। प्रवासमा रहेका मिडियाले नेपालीहरुलाइ अरु संगठित पार्न र नेपालको सेवामा समर्पित रहन अरु सघाउने छन् भन्ने मेरो विश्वास छ,”  प्रथम राष्ट्रपति डा. यादवले भने 

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले ग्लोबल नेप्लिज डटकमलाई तथ्यपरक समाचार र सही सूचना सम्प्रेषण गर्न शुभकामना दिए।  उनले  बौद्धिक खुराकसमेत प्रदान गरी समाजमा सकारात्मक र रचनात्मक भावनाको विकास एवं नेपाली डायस्पोरामा एकतासहिष्णुतासमझदारी र सहकार्यको वातावरण सिर्जना गर्ने कार्यमा नयाँ समाचार पोर्टल  सफल हुने आफुले विश्वास लिएको पनि बताए।

ग्लोबल पलिसी फोरम फर नेपालका अध्यक्ष प्राध्यापक सूर्य सुवेदीले आफ्नो शुभकामनामा विश्व भरि नै नेपाली समुदायलाई ती समुदायमा भएका तथा नेपालका विभिन्न क्षेत्रमा भएका घटनाहरुको बारेमा जानकारी गराउन  एउटा वास्तव मै विश्वव्यापीवस्तुगत तथा स्वतन्त्र समाचार पोर्टल आवश्यक रहेको बताए।  उनले भने, ”  मलाई आशा छ यो नयाँ समाचार पोर्टलले स्वतन्त्र र खोजी पत्रकारिताको अभ्यास गर्दै विश्वव्यापी नेपाली समुदाय र नेपालको राम्रोसंग सेवा गर्ने छ। “

यसैगरी नयाँ समाचार पोर्टललाई  शुभकामना दिंदै गैर आवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले लंडनलाई कार्यथलो बनाएको नयाँ समाचार पोर्टलले संसारभरि फैलिएका प्रवासी नेपालीहरुका समस्या तथा उपलब्धिहरुलाई मुखरित गर्ने विश्वास व्यक्त गरे।  विश्व नै कोरोना महामारीसंग जुधी रहेको यो कठिन बेलामा जन्मभूमिकर्म भूमि र आफ्नो समुदायको सेवामा जुट्न सबै नेपालीहरुलाई तपाईंहरुको प्रकाशनले प्रेरित गर्न सकोस्,” उनले भने। 

आफ्नो शुभकामना संदेशमा गैर आवासीय नेपाली संघ युकेकी अध्यक्ष पूनम गुरुङले बेलायतबाट अर्को नयां समाचार पोर्टल शुरु हुन लागेको थाहा पाउंदा आफुलाई खुसी लागेको बताइन् । बेलायत लगायत संसारभरि फैलिएका नेपाली समुदायका सुखदुखकथाव्यथा र उपलब्धिहरुलाई अगाडी ल्याउन र दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाल र नेपालीसंग जोड्न यो पोर्टल सफल बनोस् भन्ने शुभकामना पनि उनले दिइन्।

बेलायतबाट प्रकाशित हुंदै आएको अंग्रेजी भाषाको अनलाइन www.southasiatime.com को सह-प्रकाशनको रुपमा LDC News Service Ltd. ले www.globalnepalese.com को प्रकाशन शुरु गरेको हो।