थ्रीस्टार क्लब पोखरा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारले सशस्त्र प्रहरीका एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारका लागि ३९ औं मिनेटमा सन्तोष साहुखलले निर्णायक गोल गरे । अब उपाधिका लागि थ्रीस्टारले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।







