नेपाल चेम्बर अफ कमर्स ८७ लगायत सङ्घसंस्थाले वार्ता र संवादको माध्यमद्वारा समस्या समाधान गर्न तथा बन्दलाई सदा बन्द गर्न राजनीतिक दल तथा सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
समयमै संविधान निर्माण गर्ने र बन्दहडताल कहिल्यै नगर्ने दलहरुको प्रतिबद्धताअनुरुप यथासम्भव छिटो संविधान निर्माण गर्न तथा काम गर्ने वातावरण निर्माण गरी आर्थिक सम्वृद्धितर्फ लाग्ने राजनीतिक दलको प्रतिबद्धता कार्यान्वयन होस् भनी माग गर्दै उनीहरुले बन्द होइन काम गर्ने वातावरण दिन आग्रह गरेका छन् ।
बन्द होइन, काम गर्ने वातावरण देऊ






