काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
बहराइनमा नेपाली सङ्क्रमितको संख्या २४५
बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । सङ्क्रमित सबै नेपालीको अवस्था सामान्य रहेको र बहराइन सरकारले नै उपचार गरिरहेको दूतावासले जनाएको छ । बहराइनमा अहिलेसम्म १ हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये १ हजार ७ सय ६२ जना निको भएका छन् । सङ्क्रमितमध्ये कति नेपाली निको भए भनेर खुलाइएको छैन । बहराइनमा ८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।






