काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर आज बिहान निधन भएको हो ।
यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । कपुर क्यान्सर रोगबाट पीडित थिए ।
कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए ।






