प्रधानमन्त्री र युरोपेली प्रतिनिधिबीच भेट

काठमाडौं, २७ चैत्र  । नेपाल भ्रमणमा रहेको युरोपेली संसदको प्रतिनिधि मण्डलले आज शुक्रबार बिहान प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेको छ । भेटमा संविधान निर्माण, शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रक्रियाबारे टोलीले प्रधानमन्त्रीसँग जिज्ञासा राखेको थियो । जवाफमा प्रधानमन्त्रीले दलहरुबीच संवाद भई सहमतिबाटै संविधान लेखन प्रक्रिया निष्कर्षमा पुग्ने विश्वास दिलाएका थिए ।
कोइरालाले हिजो संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँगको भेटमा युरोपेली सांसदको टोलीले तेस्रो संविधान सभाबारे राखेको जिज्ञासाबारे प्रश्न गरेका थिए । टोलीले भने आफूहरुले त्यस्तो कुरा नगरेको जिकिर प्रधानमन्त्रीसँग गरेको छ ।