परासी, २७ चैत । श्रीमतीको विभत्स हत्या गरेर फरार रहेका होमबहादुर विकलाई प्रहरीले आज बिहान यहाँ पक्राउ गरेको छ । श्रीमतीको हत्यापछि मधेस हँुदै भारत छिर्ने योजना बनाएका विकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको थियो ।
जिल्लाको अर्खला गाविसको कोखेका २४ वर्षीय विक आफ्नी श्रीमती रीता विकलाई बुधबार दिउँसो धारिलो हतियारले घाँटीमा हिर्काएर दुई टुक्रा पारेर फरार भएका थिए । नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार श्रीमतीको हत्या गरी फरार भएको विक १२ घण्टा नबित्दै धौवादीको हुहुर्रे डाँडाबाट आज बिहान पक्राउ परेका हुन् । हत्या गर्नुको कारण खुलेको छैन । उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिँदै छ ।
श्रीमतीको हत्या गरेर फरार विक पक्राउ






