क्वारेन्टाइन नियम उल्लंघन गर्ने एनएसडब्लु मन्त्री हार्विनद्वारा राजीनामा

तक्दीर अधिकारी

सिड्नी । क्वारेन्टाइनसम्वन्धी नियम उल्लघंन गरेको आरोपमा न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यका कला साहित्यमन्त्री डन हार्विनलाई प्रहरीले १ हजार डलर जरिवाना तिराएको छ । त्यसको २४ घन्टा नबित्दै मन्त्री हार्विनले राजीनामा दिएका छन् ।

आफूले क्वारेन्टाइनसम्बन्धी नियम नतोडेको मन्त्री आर्विनले बताए । राजीनामापछि जारी विज्ञप्तीले उनले भनेका छन् – ‘मैले नियम तोडेको छैन, तर यो विषम घडीमा मेरो कारणले सरकारको ध्यान अन्यत्र नमोडियोस् भनेर राजीनामामा दिएको छु ।’ मन्त्री आर्विन सिड्नीको अर्पाटमेन्टबाट सेन्ट्रल कोष्टको आफ्नो होलिडे हाउसमा बस्न गएका थिए ।

न्यु साउथ वेल्स राज्यले भाइरस फैलन नदिन, सबै नागरिकलाई शहरी क्षेत्रबाट ग्रामीण भेगमा यात्रा नगर्न र नबस्न निर्देशन दिएका बेला उनी त्यसतर्फ गएका कारण कारबाही गरिएको बताइएको छ । मन्त्री हार्विनको होलिडे घरमा बसिरहेको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि त्यो निकै चर्चाको बिषय बनेको थियो । त्यसपछि होलिडे घरबाट सिड्नी फर्किएपछि प्रहरीले जरिवाना तिराएको हो । कोरोना फैलन नदिन लागू गरिएको नियम तोड्नेलाई ठाउँको ठाउँ जरिवाना तिराउन सक्ने अधिकार प्रहरीलाई दिइएको छ । एनएसडब्लु प्रहरी आयुक्त माइक फुलरले कोही पनि कानुनभन्दा माथि नरहेको बताए । उनले भने संकटको बेला जो कोहीले कानुन तोड्ने कार्य गर्छ भने त्यसको अनुसन्धान हुन्छ र कानुन अनुसार कारवाहीको भागिदार हुनुपर्छ ।’

(तस्बीर एबि सि न्युज)