एनआरएनभित्र पनि असमानता किन ?

गैर आवसीय नेपालीको साझा आवाज सांगठिनक रुपमा सम्बन्धित निकाएले सुन्ने गरि उठाउने एक मात्र संगठन एनआरएन हो । तसर्थ आज भन्दा १२बर्ष अगाडि २००३ अगस्त मा प्रबासमा रहेका नेपाली र नेपाली मुलका बिदेशी नागरिकको ज्ञान सिप प्रबिधी र पुजिको परिचालन गर्दै देश बिकास मा टेवापुर्याउने र पुजीको परिचालन गर्दै देश बिकासमा टेवा पुर्याउने सोचले एशियामा बस्ने नेपालीहरु को सक्रियतामा लण्डन मा एक भेला आयोजना गरीकाठमाडौंमा पहिलो बिश्व सम्मेलन गरेर गैर आवसीय नेपाली संघ को स्थापना भएको थियो ।

यसको स्थापना को समयमा एकातिर १८३ दिन भन्दा धेरै रसार्क मुलुक भन्दा बहिर बसेको नेपालीहरु एनआरएन बन्न पाउने बिधान बनाइएको थियो तर अहिले आयर छैठौ सम्मेलनको नयाँ कर्येकारिणिको चयनसंगै गैरआवासिय नेपालीहरुको परीभाषा समेत परिवर्तन गरेर दुइबर्ष बिदेशमा बस्ने नेपालीलाई गैर आवासिय नेपाली दायरा भित्र राखिएको छ । यस नयाँ अइसिसीको संसोघन विघानबाट धेरै नेपालीहरु जुन एनआरएनमा देखिने राजनीतिक र अन्य असमानताको आन्तरिक र वाह्यरुपमा बिरोध गर्न सक्ने रअसल कार्यको लागि हातेमालो गर्ने धेरै जुन नेपाली बिद्यार्थीहरु अध्ययन भिषाको माध्यमबाट बिदेश गएका छन  तिनिहरु वास्तवमै एनअरएनको सदस्यहुनबाट बन्चित भएका छन ।

विशेषत यूरोपियन देश लगायत अमेरिका क्यानाडा अष्ट्रेलिया र जापान जस्ता देशहरुमा भने मुख्यत लग्भग ९०% मानिसहरुबिद्यार्थी को माध्यमबाट पर्बेश गर्छन् अनी केही समयएको आफ्नो लगाब अनुसार त्यहाँ नै स्थापित हुन पुग्छन । वास्तवमा अहिले जुन बिद्यार्थीहरुअध्ययन मा ५-६ बर्ष बिदेशमा बिताएर पनि अझै उच्च शिक्षा लिनको लागि निरन्तर बिदेशमा संघर्श गरेका छन तिनिहरुलाई अहिले सच्चिकै यो नयाँबिधान पस्चात पढाइको अलवा एनआरएन मार्फत देश को लागि केही गरौ भन्ने ठुलो समुहलाई पाखा लगाइएको छ ।

हुनत बिद्यार्थीलाई यो एनआरएन मासम्मिलित हुनबाट पहिचान गराउनु नेपाल सरकारको सर्त यसैपनी न्यायिक थिएन किनकी सबै नेपाली नागरिकहरु निस्चित समयएको लागि बिभिन्नभिषाको माध्यमबाट बिदेशमा पर्बेश गरेका छन । हामी सबैलाई अबोगत भएको कुरा हो वास्तवमा बिद्यार्थी अध्ययनका लागि ५-६ बर्ष को लागि अध्ययनभिषामा जान्छन भने अर्को तिर  नेपालीहरु तेही ५-६ बर्षको लागि कामगर्ने भिषामा जान्छन तर उही समय सिमा र ठांउमा बसेका नेपालीहरु बिचमानैनेपालीको पहिचानलाई भिन्नता बनाइएको छ । यसकारण निस्चयनै संसार भरी छरिएर रहेका नेपाली हरुलाई एउटै ठांउमा गोलबन्द गराउने गरी स्थापनागरिएको संस्था एनआरएनमा बिवाद निम्ताउने जुन कार्ये गरिएको छ यो वास्तवमै आँफैमा बिभादिद र असान्दर्बिक छ ।
हामीमाझ अबगतै भएको कुरा हो एनआरएन मा अहिले मुख्यत दुइ खालका प्रबासी नेपालीहरु छन । जस्तो मसँग नेपाली पासपोर्ट छ म एनआरएन भएपनी नेपाली नगरिक सरहको अधिकार छ । जग्गा किन्न ठोस कम्पनी खोल्न ठोस अथवा मसँग राजनीतिक अधिकार सुरक्षित छ। अर्का एनआरएन छन जोनेपाली भएपनी नेपाल आउँदा भिषा लिएर आउनु पर्छ । यि दुइ खालका एनआरएनलाई मिलाएर हिडाउने सामर्थ्ये अहिलेको एनआरएनले राख्न सकेको छैन ।बिशेषगरी अहिले यो एनआरएन आइसिसीको बिस्व सम्मेलन बाट पारीत संशोधित बिधान लगभग ७० राष्ट्रमा गठित एनआरएन एनसिसीको बिधानसभामा पनि त्यसै अनुरुप हुनुपर्ने बैधानिक वाध्यता नेपाल सरकार र एनआरएन आइसिसीले राखेको थियो । तर अहिले सम्म कुनैपनी देशकोएनआरएन एनसिसीको बिधानंमा कार्ये चएन गरिएको छैन ताकी यसलाई कार्यनोवयन गर्न अझै पनि ठुलो गृहकार्यको आवश्यक छ ।