अमेरिकामा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु

अमेरिका। कोरोना भाइरस संक्रमणको कारण अमेरिकामा अर्का एक जनाको मृत्यु भएको छ। ७१ वर्षीय नेपाली नागरिकको कोलोराडोमा निधन भएको अमेरिकास्थित नेपाली संघ संस्थाहरुले जनाएका हुन् ।

कोरोना भाइरसबाट संक्रमित उनलाई एक साताअघि कोलोराडोको एक अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली दुतावासले विहीवार नेपाली समुदायसँग आयोजना गरेको कन्फरेन्स कलमा कोलोराडोबाट यसको जानकारी गराइएको थियो ।

कोरोना भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुने दोश्रा ती व्यक्तिका नाम भने सार्वजनिक गरिएको छैन ।