लन्डन । ब्रिटिश सांसद तथा लेबर पार्टीका नेता वीरेन्द्र शर्मा कोरोना भाइरसको संक्रमण पछि उपचार गराइ घर फर्केका छन् । हाल आफ्नै घरमा आराम गरिरहेका सांसद शर्माले गत साता कोरोन भाइरसका सामान्य संकेत देखिए पछि आफुलाई हिलिंग्डन अस्पतालमा भर्ना गरिएको र जांच पछि आफुमा सो भाइरस रहेको पाइएको बताए।
एक ट्वीट गर्दै ७२ वर्षीय सांसद शर्माले अहिले आफु संक्रमणबाट मुक्त भएको जनाएका छन् । उनले आफ्नो उपचारमा संलग्न हिलिंग्डन अस्पतालका चिकित्सक, नर्स लगायत एनएचएसलाई हार्दिक धन्यवाद दिएका छन् । सांसद शर्माले सबै ब्रिटिश नागरिकहरुलाई घर भित्रै बस्न र भाइरसबाट जोगिन सल्लाह पनि दिएका छन् ।
“ सन् २००७ मा पहिलो पटक ब्रिटिश संसदको तल्लो सदन, हाउस अफ कमन्स, मा निर्वाचित सांसद शर्मा त्यस यता लगातार पांच पटक निर्वाचित भैसकेका छन् ।






