सिड्नीमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

तक्दीर अधिकारी
सिड्नी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अष्ट्रेलिया शाखाले सिड्नीमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रमको आकर्षण गायक तथा मोडल सुनिता दुलाल बनेकी थिइन् । सिड्नीको रक्डेलस्थित थर्ड आइ रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा गायिका दुलाल र गायक अर्जुन सुनामका साथमा प्रतिष्ठान अष्ट्रेलिया शाखाका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

नेपालको झन्डा फहराएर   प्रमुख अतिथि  गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष मन केसी बाट  उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अष्ट्रेलिया शाखा अध्यक्ष गोविन्द भट्टराई सभापति  रहेका थिए । कार्यक्रममा  एनआरएन अस्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङ, पोखरा समाज अस्ट्रेलियाका  अध्यक्ष राज कुमार अधिकारी ,सल्लाहकार राम कणेल, सल्लाहकार दिपक सापकोटा, राधिका पोखरेलको सहभागिता थियो ।

गीत संगीतमा रमाएका कलाकारको प्रस्तुति सुन्न सहभागी दर्शकलाई स्वागत मन्तव्य प्रतिष्ठान अस्ट्रेलिया शाखाका उपाध्यक्ष विष्णु सापकोटा राखेका थिए । शाखाका सहसचिव अर्जुन खनालले सञ्चालन गरेको कार्यक्रममा एनआरएन उपाध्यक्ष मन केसी, संयोजक देव गुरुङ र समित केसीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गोविन्द भण्डारीको अध्यक्षतामा ९ सदस्यीय प्रतिष्ठानको एनएसडब्लु उपशाखा गठन भएको सहसचिव खनालले जानकारी दिए । कार्यक्रममा विभिन्न सांस्कृतिक नाँचसहित अर्जुन खनाल, राधिका पोखरेल, एडिसा न्यौपाने , गोभिन्द भण्डारी,  अर्जुन सुनाम र सुनिता दुलालको सांगीतिक प्रस्तुतिबाट दर्शकले भरपुर मनोरञ्जन लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *