काठमाडौं । गिनिज बुक अफ वल्र्ड रेकर्डमा नेपालले थप नयाँ विश्व कीर्तिमान गरेको छ । The Most backwards somersaults against on trampoline in one hour “ विधामा नेपाल् का दिनेश सुनार ले सो बिस्व रेकर्ड राखेका हुन। यो बिधाका लागि यो बिस्वकै पहिलो किर्तिमान हो जुन सर्ब प्रथम आज एक जना नेपाली ले प्राप्त गर्न सफल भएका छन् ।
अमेरिकाको भर्जिनिया राज्यमा आयोजित सो रेकर्ड सम्बन्धि Official Attempt कार्यक्रममा दिनेश ले एक घन्टामा ४६० पटक ब्य्याक फ्लिप ( back flip) हान्न सफल भयेका थिए। गिनिज बुक ले सो Category को लागी २०० Back Flip कायम गरेकोमा दिनेश ले सो मापदन्ड भन्दा बढी २६० पटक Black Flip हासिल गर्न सफल भएका थिए ।
अमेरिकाको भर्जिनियामा ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि.द्वारा आयोजित कार्यक्रममा Visit Nepal 2020 लाई लक्षित गरी नेपालको पार्कर खेल लाई विश्व सामु चिनाउने थप प्रयत्नका साथ पार्कर खेलको अर्को “The most backwards somersaults against on trampoline in one hours” विधामा दिनेश सुनार ले चौथो विश्व किर्तिमान राखेका हुन । बिस्व किर्तिमानी दिनेश ले छोटो कुरा गर्दै अमेरिकामा आएर पनि देशको लागी थप किर्तिमान राख्न पाउदा खुशीको सिमा नरहेको बताएका छन । ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लिका मनोज पान्थी ले यो किर्तिमान बाट नेपालमा जिम्नास्टिक खेलकूदको बिकासका लागी आफुलाई थप हौशला मिलेको बताउनु भएको छ ।
सो कार्यक्रम हेर्न अमेरिका को Virginia , Maryland र Washington DC राज्य बाट कैयौ नेपाली र अमेरिकि खेल प्रेमी महानुभाब हरु को उल्लेख्य सहभागिता थियो । साथै यो किर्तिमानको certificate आउनलाई 7-10 business days लाग्छ। certificate आएपछी Washington DC (jan 20) मा कार्यक्रम गरी सम्मान पत्र हस्तांतरण गरिने छ ।






