लन्डन । बेलायतमा बसोबास गर्ने नेपाली मूलकी बिनु लामिछानेले चीनको गोङ्जाओमा सम्पन्न मिसेज युनिर्भस प्रतियोगितामा युनिर्भस डिभाइन उपाधि जितेकी छन् । हिजो सोमबार गोङ्जाओमा सम्पन्न भएको ४२ औं मिसेज युनिर्भस २०१९ मा नेपाली चेली लामिछानेले युनिर्भस डिभाइन उपाधि हात पारेकी हुन् ।

प्रतियोगितामा ‘मिसेस युनिभर्स २०१९ को उपाधि म्यानमारले जितिन् । मिस युनिर्भसमा ९० देशका विवाहित महिलाहरुको सहभागिता थियो ।
बिनु बेलायतमा स्थापित लन्डन फेसन हाउनले आयोजना गरेको टुडेज् विमन्स मिस नेपाल युके २०१८ की विजेता हुन् । मिस नेपाल यूके २०१८ की विजेता भएकाले बिनु लामिछाने घिमिरेले मिसेज युनिर्भस प्रतियोगितामा सहभागी हुने अवसर पाएकी हुन् ।
यसअघि लन्डन फेसन हाउसकी निर्देशक मनीषा डंगोलले ‘मिसेस युनिभर्स एन्जल हर्ट– २०१८’ को उपाधि हतापारेकी थिइन् । ‘मिसेस युनिभर्स विवाहित महिलाहरुको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो ।






