सिड्नीमा तेस्रो समुन्द्रसम्बन्धी सुरक्षा ज्ञान कार्यशाला हुँदै

तक्दीर अधिकारी
सिड्नी । सिड्नीमा समुन्द्रसम्बन्धी सुरक्षा ज्ञान कार्यशाला हुने भएको छ । नेपाली दूतावास क्यानभेरा अस्ट्रेलियाको सहयोगमा भिजन फर मोटिभेसन (भीएफएम) ले समुन्द्रसम्बन्धी सुरक्षा ज्ञान कार्यशाला आयोजना गर्न लागेको हो । उक्त कार्यशालामा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललगायत लब्धप्रतिष्ठित व्यक्तित्वको सहभागी हुने आयोजकले जनाएको छ ।

तामारामा समुन्द्री किनारमा २२ डिसेम्बरमा आयोजना हुने उक्त सुरक्षा कार्यशाला भिएफएमले तेस्रो पटक आयोजना गर्न लागेको संस्थापक महेश प्रसाईं (म्याक्स) ले जानकारी दिए । संस्थापक प्रसाईका अनुसार सन् २०१८ जुलाई १ देखि ३० जुन सन् २०१९ सम्म अस्ट्रेलियामा पानीमा डुबेर २ सय ७५ जनाको मृत्यु भयो भने ५ सय ८४ जना पानीमा डुबेर मृत्युको मुखबाट जोगिएको अनुभव गरेका थिए । ती डुब्नेमा ४ मध्ये १ जना अस्ट्रेलिया बाहिर जन्मेका तथ्यांक रोयल लाइफ सेभिङ अस्ट्रेलियाले सार्वजनिक गरेको छ ।

भिजन  फर मोटिभेसन का (भीएफएम)  अध्यक्ष रमेश श्रेष्ठले भने   यो एउटा गैरनाफामूलक संस्था हो, जसले अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुको हितमा काम गर्ने प्रयास गरिरहेको छ । संस्थाले आफ्नो तेस्रो वार्षिकोत्सवमा बीच साइट सुरक्षा कार्यशालामा सहभागिका लागि अनुरोध  गर्दछौ ।

संस्थाका उपादक्ष्य सुमन ओलीका अनुसार , ‘कार्यशाला समुन्द्रीमा तट पौडी खेल्न जाँदा अपनाउनुपर्ने सुरक्षाको व्यवाहारिक ज्ञान दिइनेछ । कार्यशालामा भीएफएमले जीवन रक्षाको व्यवहारिक ज्ञान मात्र दिने छैन, प्रत्येक वर्ष गर्मी सिजनमा पौडी खेल्न जाँदा पानीमा डुबेर मृत्यु हुने संख्यामा न्यूनकरण गर्नका सहयोग पुगोस् भनेर यस्तो कार्यशाला आयोजना गरिएको हो ।

‘यो एउटा जीवन्त युवाहरुको संगठन हुनुको नाताले यो कार्यशाला सुचनात्मक मात्र हुने छैन मनोरञ्जनात्मक पनि हुनेछ, कार्यकारी अधिकृत आयुष रिजालले भने, ‘कार्यशालामा सहभागीले दर्ता शुल्कवापत ५ डलर बुझाउनुपर्ने छ । त्यसवापत भीएफएमले एउटा टिसर्ट, तमारामा समुन्द्री किनारासम्म जाने र आउने यातायातको सुविधा हुनेछ, मध्यान्नको खाना उपलब्ध हुनेछ, व्यवसायिक फोटोग्राफरबाट तस्बिर खिचिनेछ भने सांगीतिक मनोरञ्जनमा कार्यक्रम सम्पन्न हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *