लण्डन ।नेपालको विभिन्न जिल्लाबाट बेलायतआइ बसोबास गर्दै आएका सार्की समुदायहरु सङ्गठित भएका छन् । गत आइतबार २४ नोभेम्बरका दिन हन्स्लो वेष्ट, लण्डनस्थित स्पोर्टस् क्लब हन्स्लोमा सम्पन्न (सार्की, मिजार) हरुको भेलाले धन बहादुर सार्कीको अध्यक्षतामा नेपाली वेलफेयर सोसाईटी (सार्की संघ) युकेको औपचारिक गठन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्णबहादुर नेपाली, महासचिवमा शर्मिला नेपाली, सचिवमा समसेर नेपाली, कोषाध्यक्षमा थमबहादुर रोका, सहकोषाध्यक्षमा किरण नेपाली चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा आशा देवि रोका, धबिन्द्र बौडेल र बुद्धि बहादुर रोका चयन भएका छन् । उक्त भेलाले सोसाईटीको वरिष्ठ सल्लाहकारमा गोपाल रोकालाई चयन गरेको छ । 
कार्यक्रममा सोसाईटीका जेष्ठ नागरिक श्यामबहादुर सार्की, वरिष्ठ सल्लाहकार गोपाल रोका लगायतले नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना सहित बधाई दिए । त्यस्तै, सोसाईटीका वरिष्ठ सल्लाहकार रोकाले नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए । साथै, उक्त भेलाले पहिलो साधारणसभा तथा अन्तर्राष्ट्रिय जातीय रंग दिवस २१ मार्च २०२० का दिन विविध कार्यक्रमका साथ मनाउने निर्णय समेत गरेको छ ।
सिर्जनशिल नेपाली समाज युकेका निवर्तमान अध्यक्ष धनबहादुर सार्कीको संयोजकत्वमा सम्पन्न उक्त भेलामा सहभागीहरुले समाजको आवश्यकता र एकता लगायतका बिषयमा आ–आफ्ना धारणा राखेका थिए । यसै गरि सदस्यहरुबीच एकअर्कामा सुख–दुःख बाँड्ने लगायतका उद्देश्यका साथ स्थापना भएको सोसाईटीले बेलायतमा स्थायी तथा अस्थायी रुपमा बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगायत आफ्ना समुदायका सदस्यहरुको हकहित तथा कल्याण र पहिचानका लागि संस्थाको आवश्यकता महसुस भई उक्त संस्था स्थापना गरिएको जनाएको छ ।
भेलामा संयोजक धनबहादुर सार्कीले सार्की समुदाय बारे जानकारी गराएका थिए ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष एवं भेला संयोजक धन बहादुर सार्कीले स भेलामा सहभागी सबैलाई धन्यवाद दिदैं नवनिर्वाचित कार्यसमितिका साथीहरुलाई बधाई ज्ञापन गरे । कार्यक्रम व्यवस्थापन कार्य आफैमा चुनौतीपूर्ण रहेको औल्याउदै संघले आफ्ना सदस्यहरुलाई चुस्त र प्रभावकारी बनाउन अभिप्रेरित गर्नुपर्ने बताए ।







Sarai ramro kam dhan bhadur ji ra sampurna team lai badhai tatha safal karyakalko suvha kamna. Kripaya dhan bhadur ji ko samparka no vaye email garnuhola.
Samparka ko jankari uplabdha garaunu hun anurodh garda6u
It’s really good job sir….. congratulations to all members