लन्डन । एनआरएनए यूकेको यही शनिबार हुन लागेको निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष पदका प्रत्यासी शेरबहादुर सुनार समूहले साउथ इस्ट लन्डनको प्लमस्टिडमा एक चुनावी सभा भब्य रुपले सम्पन्न गरेको छ । चुनावले बेलायत एनआरएनमय बनेको छ । यसपटक अध्यक्ष पदमा शेरबहादुर सुनार र पुनम गुरुङ बीच प्रतिष्पर्धा छ । चुनावको पूर्व सन्ध्यामा दुवै समूह घरदैलोमा निकै व्यस्त छन् ।
सुनार समूहले साउथ इस्ट लन्डनमा आयोजना गरेको यो चुनावी सभा अन्तिम हो । साउथ इस्ट लन्डनका लब्ध प्रतिष्ठित व्यक्तिको उपस्थितिले अध्यक्षका प्रत्यासी सुनारलाई गर्भ गर्न लायक चुनावी सभा भएको हो ।
स्थानीय समाजसेवी सुरज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षका प्रत्यासी सुनारले साउथ इस्टको भव्य उपस्थितले बिजयको संकेत स्पष्ट देखाएको बताए । एनआरएनए यूके उपाध्यक्ष पदमा रहदा शतप्रतिशत काम गरेकाले यहाँहरुले भोट दिनेमा निश्चित रहेको बताए ।
कार्यक्रममा सुनारले भने, म होइन, हामीले हार्ने कुनै आधार छैन, हामीले चुनाव जितिसकेका छौं । मैले पूर्व-अध्यक्ष शेष घलेबाट सम्मानसमेत पाएको छु । म मात्र होइन, हामी यो निर्वाचनमा पराजित हुने आधार छैन ।’ आम बेलायतवासीको प्रतिनिधित्व हुने टिम आफूहरुसँग मात्र रहेको जिकिर गर्दै अध्यक्षका प्रत्यासी सुनारले भने, हामी गोर्खाका मुद्दा उठाउने छौं र समावेशी नेतृत्व यो टिमले मात्र दिनेसक्ने छ ।
अध्यक्षका प्रत्यासी सुनारले मिडल्याण्ड, लन्डन अल्डरसटलगायत बेलायतभर चुनावी गर्दा थप उत्साहित भएको भन्दै खुसी व्यक्त गरे ।महासचिवका प्रत्यासी कर्मा पहाडी शेर्पाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न वक्ताहरुले सुनार समूहलाई विजयीको शुभकामना दिए ।
खचाखच भरिएको हलमा पशुपति मन्दिरका अध्यक्ष नरेन्द्र कडेल,समाजसेवीहरु कुमार श्रेष्ठ, होम शर्मा,राजेन्द्र सुवदी ,फत्त थापा, केदार थपलिया,डाशु पाण्डे,महेश रेग्मी,कुश बस्नेत,सिम्मी पुन ,मनिष श्रेष्ठ राजु न्यौपाने, भोज राज कंडेल, माया केशी तथा पत्रकारहरु श्याम लुइँटेल, बिपिन निरौला लगायतले सुनार समूहलाई विजयीको शुभकामना दिए । 

चुनावी सभाको कार्यक्रममा आईसीसीदेखि एनसीसीका उम्मेदवारको मतदातासँग परिचय गराइएको थियो । सँगै उपाध्यक्षहरु प्रेम गाहमगर,आईसीसी सदस्यका उम्मेदवार ललित न्यौपाने, सुशीला राईलगायतको टिमले शेर सुनारलाई समर्थन गर्दै आफूलगायत सुनारको विजयी सुनिश्चित भएको बताएका थिए ।कार्यक्रममा करिब २ सय ५० भन्दा बढीको उपस्थिति रहेको थियो । सुनारले सबै मतदाताहरुलाई शनिबार आफुलाई पायक पर्ने मतदान केन्द्रमा गई उत्साहपूर्वक मतदान गर्न आग्रह पनि गरेका छन्।






