एनआरएनमा आर्थिक गडबडी गर्नेलाई तह लगाउन मेरो उमेद्वारी :शकुन गुरुङ

लन्डन । एनआरएनए यूकेको यही शनिबार हुन लागेको निर्वाचनमा  शकुन गुरुङ सह कोषध्यक्ष पदको चर्चित उमेद्वार बनेकी छन्  ।
सधै सामाजिक न्याय र महिला अधिकारका निम्ति अग्रपंतिमा रहेकी निडर र जुझारु महिला अभियन्ता गुरुङ एनआरएन युकेको सह कोषध्यक्षको उम्मेदवारी दिए पछि झन् चर्चामा रहेकी हुन्
गैर अवासिय नेपाली संघलाई आर्थिक रुपले सबल र पारदर्सि बनाउन पर्ने अनि मात्र यो संस्थाले गति लिने भन्दै आफुलाई सहकोषाध्यक्ष पदमा मत दिएर समाज सेवा गर्ने एक मौका दिन अनुरोध गरिन। एक सफल महिला उद्यमी र समाज सेविको नामले परिचित सकुन विभिन्न सामाजिक संस्थामा आवद्ध रहेर निस्वार्थ समाजसेवा गर्दै आएकीछिन । सक़ुन हंकंग , सिंगापुर , नेपाल लगायतका बिबिध स्थानका आकर्षक क्वालिटी समान बेलायत तथा नेपाल सम्म सप्लाई गर्ने अल्डरसट स्थित शकुन फेशन हाउसकी प्रबन्ध निर्देशक पनि हुन् |
गोर्खाली चेली र आर्थिक कारोबारमा पारदर्सी छवि मानिएकी सकुन गैर आवासीय नेपाली संघको कोषमा भएको गडबडी र बिमारीलाई तह लगाउने । कोशाध्यक्ष संग मिलेर च्यारिटी कार्यक्रमहरु घाटामा जान नदिने , कोष हिनामिना हुन नदिने , अनावस्यक खर्च हुन नदिने योजना रहेको बताउछिन ।
अग्रपंतिमा रहेकी शकुनले गोर्खाली परिवार ,गुरुङ परिवार , महिला दिदीबहिनिहरुको माया सबै जाति र दलहरुसंगको राम्रो सम्बन्ध रहेको जिकिर गर्दै आउंदो शनिबार मतदान गरेर आफूलाई जिताइदिन अपिल गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *