अमेरिकामा भएको दुर्घटनामा तीन नेपालीको मृत्यु

न्यूयोर्क । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ । स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् ।

घटनामा श्रद्धाका पति प्रभास ओझा र ४ वर्षीय छोरी घाइते भएका छन् । प्रभासको अवस्था स्थिर र बालिकाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो ।

गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *