तमुधि लन्डन इकाई आमा समूहले भब्य मनायो,हरितालिका तीज (फोटो फिचर)

लन्डन । नेपाली हिन्दू महिला हरुको महान पर्ब हरितालिका तीजको अवसरमा हरेक बर्ष झै यो बर्ष पनि तमुधि लन्डन इकाई आमा समूहको तीज विशेष कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ ।तमुधिं लन्डन इकाई आमा समूहको आयोजनामा ३१ अगस्ट २०१९ शनिबार लन्डनको हेजस्थित कम्युनिटी सेन्टरमा भव्य रूपमा तीज कार्यक्रम सम्पन्न भएको हो ।

आमा समूहकी अध्यक्ष दिलमाया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय संघ बेलायतकी उपाध्यक्ष पुनम गुरुङ रहेकी थिइन् । विशिष्ट अतिथिमा तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ र उनका धर्मपत्नी जगतकुमारी गुरुङ सहभागी थिइन् ।

विभिन्न संघ सस्थाका विशिष्ट ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ विशिष्ट अतिथि जगतकुमारी गुरुङ बिष्णु गुरुङ र कार्यक्रम संयोजक गुड्डु गुरुङले सामूहिक रूपमा दीप प्रज्वालन गरी समुद्घाटन गरेका थिए ।

समूहकी सहसचिव गुना गुरुङले सञ्चालन गरेको कार्यक्रममा सुरक्षासम्बन्धी जानकारी कार्यक्रम सहसंयोजक दुर्गा गुरुङले गराएकी थिइन् । आमा समूहकी उपाध्यक्ष कमला गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।कार्यक्रम संयोजक गुड्डु गुरुङले कार्यक्रममा उपस्थित सबैलाई हरितालिका तीज पर्वको शुभकामना दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

महासचिव हेलिसा गुरुङबाट सञ्चालन भएको दोस्रो चरणमा तिज बिशेस कार्यक्रममा नेपालबाट आएकी इन्देणी कार्यक्रमकी गायिका खिमा रोका मगरले भरपुर मनोरञ्जन गराएकी थिइन् भने उपस्थित दिदीबहिनी हरुलाई तीजका विभिन्न गितहरु पस्किदै तामझामका साथ नाचगान गरेर तीज मनाउँदै सुभकामना साटासाट गरेका थिए।

कार्यक्रममा नृत्यमा पहिलो दोस्रो र तेस्रो हुने दिदीबहिनीहरु र राफल पुरस्कार विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियोे । नृत्यसम्बन्धी यस वर्षको निर्णायक मण्डलमा बिड्ड सिड्ड लन्डन ब्रान्च आमा समूहकी अध्यक्ष अन्तिम गुरुङ, कोसेली ग्रुपकी अध्यक्ष शर्मिला सिंह साह र दुर्गा गुरुङ थिइन् ।

कार्यक्रममा गैरआवासीय संघ यूके कि उपाध्यक्ष पुनम गुरुङ (हाल अध्यक्षको पदमा उम्मेदवार) र उनको टिम उपस्थित भइ हरितालिका तीज पर्बको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै कार्यक्रमलाई सहयोग समेत गरेको थियोे ।

कार्यक्रम सम्पन्न गर्न बिभिन्न तरिकाले सहयोग गर्ने प्रायोजकहरु,बाबा समूह, समर्थकहरु, संचारकर्मीहरु, स्वयंसेवक र शुभ चिन्तकहरुलाई आमा समुहकी अध्यक्ष दिलमाया गुरुङले धन्यवाद प्रकट गर्दै दिदीबहिनीहरु लाई महान चाड हरितालिका तिजको शभकामना दिएकी थिइन् । कार्यक्रमलाई सफल बनाउन तमुधी लण्डन इकाईकाअदक्ष्य श्री चन्द्र बहादुर गुरुङ्ग ,उपाध्यक्ष चेत प्रसाद गुरुङ पूर्व अदक्ष्य दिपक गुरुङ‘डेबिड तमुधी लण्डन इकाईका महासचिब भरत गुरुंग संस्थाका कार्यसमितिका पदाधिकारीहरु,सल्लाहकार आमा समुहकी दिदिबहिनीहरु लगायतको टोली बिहानैदेखि सक्रिय रुपमा खटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *