लन्डन । लन्डन साउथल पार्कमा सम्पन्न कार्यक्रममा गुल्मीको नौमती बाजा मुख्य आकर्षण बनेको थियो । विशेष रुपमा नौमती बाजा शुभकार्य र शुभ साईतमा बजाउँदा सबै कार्य राम्रो सम्पन्न हुने भन्ने विश्वासलाई प्राथमिकता दिएर प्रथम नौमती बाजा गुल्मी युके समूहले बाजा बजाएर लन्डन मेलामाको शुभसाईत गरेको थियो ।
नेपाली नाचबाटै सुरू गरिएको मेलालाई विशेष एसियाली समुदाय र युरोपियन, अफ्रिकन, बेलायती यस्तै अन्य समुदाय एकै ठाउँ संगमस्थल र एक अर्काको कल्चर प्रस्तुत गर्ने बेलायतकै सबैभन्दा ठूलो मेलाको रुपमा लिने गरिन्छ । सो मेला लन्डन ब्रोरो काउन्सिल र इलि¨ब्रोरो काउन्सिलको संयुक्त रूपमा भएको थियो । प्रमुख अतिथिमा लन्डनका मेयर सदिक खान थिए । ईलि¨ब्रोरो काउन्सिल मेयरको पनि उपस्थिति थियो ।
कार्यक्रममा नेपाली समुदायको तर्फबाट विशेष अथितिको रूपमा नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरन र दूतावासकै सैनिक सहचारी नेपाल आर्मीका कर्णेल कुमारबाबु थापा क्षत्रीले उपस्थिति जनाएका थिए ।
नेपाल सरकारले भिजिट नेपाल २०२० लाई सफल बनाउनुको निम्ति प्रचारप्रसारमा टेवा पुराउने उद्देश्यले पनि भाग लिइएको नेपाली टिमलाई संयोजन गरेका नेपाली राजदूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मीले बताए । आयोजक लन्डन मेला २०१८ सँग सहकार्य गर्दै भव्य मेलामा ४० हजारभन्दा बढीले सहभागिता जनाएको आयोजकहरुले बताए । मेलामा नेपाली राजदूतावासले भिजिट नेपालको प्रवद्र्धन गर्न उपस्थित दर्शकहरुलाई सूचना प्याकेज तथा प्रचार सामाग्रीहरु बाँडेको थियो ।
प्रथम नौमती बाजा युके विदेशमा रहेर पनि आफ्ना मौलिक बाजा र नेपाली संस्कृतिहरुको जगेर्ना गर्ने काममा निरन्तर लागिरहेको नौमती बाजाका प्रमुख संयोजक ओमप्रसाद थापा काउचाले बताए । नौमती बाजा बेलायतका विभिन्न ठाउँहरूमा पनि बाजा बजाउने कार्यमा निरन्तर सहभागिता जनाउँदै आएको छ । पछिल्लो चरणमा नौमती बाजाले टनब्रीज, अल्डरसट, रिडिङलगायतका थुप्रै ठाउँहरुमा आयोजित सार्वजनिक तथा शुभविवाह कार्यक्रमहरुमा सहभागिता जनाएको पनि थापाले बताए ।

लन्डन मेलामा नेपाली राजदूतावास लन्डन र नौमती बाजा समूहले गत २०१० देखि निरन्तर सहकार्य गर्दै हरेक वर्ष सहभागिता जनाउँदै आएका छन् । यस्तै यस मेलामा मगर संघ युकेको तर्फबाट सविता राना मगर र पवित्रा थापा मगरले मौलिक नेपाली मगर जातिहरूको कौडा नाच प्रस्तुत गरेका थिए । त्यस्तै नेपाल नेपाली राजदूतावासका तर्फबाट मुस्कान भट्टलगायतले नाच प्रस्तुत गरेका थिए ।
मेलामा नेपाली राजदूतावास लन्डनका प्रतिनिधि, कर्मचारी, नेपाली पत्रकारहरू, कलाकारहरू र विभिन्न नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । गुल्मी जिल्ला समाज युकेका उपाध्यक्ष टोप पल्ली साथै सचिव वीर बलाल, उपस्थिति थियो ।
यस्तै नेपाली भने नौमती समूह कलाकारहरूमा ओम थापा, वीर बलाल, टोप पल्ली, पूर्ण बलाल, पदम गुरूङ, लाल काउचा, कुमार राना, मान गुरूङ केयाटन रिटायर वीर गाहा थापा, इन्द्र ढेगा मगर, होमलाल राना, जमुना राना पुन, भिमा बलाल, कुमारी गुरूङङ, तारा बलाल, टिना बलाल, ओशिन थापा काउचा, बेबिका बलाल, सहभागी थिए ।






