लन्डन । नेपाली कांग्रेसको महाधिवेशन तिथी नजिकिंदै गर्दा क्रियाशिल सदस्यता वितरणले गति लिएको छ । यसै क्रममा नेपाली जनसम्पर्क समिति बेलायतको क्रियाशील सदस्यतासमेत जारी भएको छ ।
कांग्रेस पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीले शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बेलायत जनसम्पर्क समितिका सभापति चेतनाथ खनाललाई ५ सय ४५ नवीकरणका निम्ति र दुई हजार नयां क्रियाशील सदस्यता हस्तान्तरण गरेका हुन् । कांग्रेस महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म काठमाण्डौंमा हुने तय भएको छ ।अधिवेशनको माहोल बढिरहंदा नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी, यूके) भने हाल विभाजित अवस्थामा छ ।
पार्टीको १२ औं महाधिवेशनमा पांच सयभन्दा बढी क्रियाशील सदस्य भई सातजना महाधिवेशन र तीनजना महासमिति सदस्यहरुले बेलायतबाट प्रतिनिधि गरेका थिए । एनपीसीसी, यूकेको तेस्रो अधिवेशनमा विवाद उत्पन्न भई अहिले खनाल र गुरुङ पक्षीय दुई समिति छन् ।
विभाजित दुई समितिको एकीकरण प्रयास थालिएपनि अझै छिन्न भिन्न अवस्थामा छ । विवादकै कारण संगठनका क्रियाकलाप शुन्य प्राय छ ।







