ब्रसेल्स । गैरआवसीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा चित्र सुबेदी निर्वाचित भएका छन् । हिजो आइतबार सम्पन संघको अधिवेशनले सुवेदीलाई सर्बसम्मत अध्यक्षमा छानेको हो । कार्यसमितिको उपाध्यक्षहरुमा अनुजा प्रधान, आङमाया लामा, खड्ग केसी, गंगा शर्मा, घनश्याम काफ्ले, नारायण सिलवाल र महिला उपाध्यक्ष हरि भट्टराई छानिएका छन् । आईसिसी सदस्यमा सुवाश जोशी (सन्तोष) र कमल पन्थी रहेका छन् ।
महासचिवमा तीर्थ धमला, सचिवमा कर्ण अधिकारी, जनक सुबेदी र दिपक न्यौपाने छन् भने कोषाध्यक्षमा प्रकाश गिरी, सहकोषाध्यक्षमा जीवन शर्मा, महिला संयोजकमा सुशिला खतिवडा, युवा संयोजकमा काशी दनाई रहेका छन् । यस्तै सदस्यहरुमा कुलबहादुर कार्की लुभेन, सुमन बराल एन्टवेरपेन, दौलतकुमार साम्ब ब्रुज, ज्ञानेन्द्र घिमिरे गेन्ट, सुवाश भट्ट ब्रसेल, कुम शाही सेन्त्रुदिन, ओस्टेन्डेबाट भरत पन्त रहेका छन् ।
खुल्ला सदस्यतर्फ मदन दवाडी, सुजन ढकाल, मिनदोर्जे थापा, चेतनारायण दाहाल, रामप्रसाद शर्मा, कमल सितौला र महिला सदस्यमा गीता लामा, रस्मिना गिरी राजभन्डारी, सरस्वती सुबेदी सर्बसम्मत चयन भएका छन् ।
यसअघि भएको संस्थाको सातौ अधिवेशनको उद्घाटन् नेपालको संघीय संसद राज्य व्यवस्था एवम् सुशासन समितिकी सभापति शशी श्रेष्ठले गरेकी थिइन् । विशिष्ठ अतिथिहरुमा पूर्वमन्त्री वीरबहादुर बलाएर, लीलामणि पोखरेल, बेल्जियमका लागि नेपाली राजदुत लोकबहादुर थापा, आइस्ीसी उपाध्यक्ष कुमार पन्त, सचिब जानकी गुरुङ, युरोप संयोजक शिव बरुवाल रहेका थिए ।
एनआरएनए बेल्जियमले पहिलो अधिवेशनपछि सातौ अधिवेशनमा आएर सर्बसम्मत नेतृत्व चयन भएको हो । एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहालको अध्यक्ष्यतामा भएको कार्यक्रमको सञ्चालन महासचिव आङमाया लामाले गरेकी थिइन् ।
– शिव भण्डारी






