लन्डन– लन्डन नेपाल न्यूज डट कम नेपालबाट तीन दशकदेखि प्रकाशित घटना र विचार साप्ताहिक तथा अनलाइनको यूरोप प्रतिनिधि भएको छ ।
लन्डन नेपाल न्यूज डट कमका निर्देशक आर.के. त्रिपाठीलाई यूरोप सम्पादक तथा प्रधान सम्पादक शिव भण्डारी तथा सम्पादक एभरेष्ट गौतम विशेष संवाददाता नियुक्त भएको पत्रिकाका संस्थापक प्रधान सम्पादक एवं सञ्चालक देवप्रकाश त्रिपाठीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ ।
घटना र विचार साप्ताहिक तथा अनलाइनको बोर्ड बैठकले लन्डन नेपाल न्यूज डट कमलाई यूरोप क्षेत्रमा समाचार, लेख, रचना एवं व्यापारिक संयोजनको जिम्मेवारी दिएको छ ।
प्रधान सम्पादक त्रिपाठीले यूकेमा नयाँ नियुक्तिसँगै पत्रिकालाई नेपाली डायस्पोरामा विस्तार गर्न सहज भएको बताउँदै नवनियुक्त प्रतिनिधि एवं यूरोप सम्पादकलाई शुभकामना दिएका छन् ।
नेपालमा पञ्चायती शासन व्यवस्था अन्त्यका लागि मिसन पत्रकारिता गरेर जन्मिएको घटना र विचार राजसंस्था अन्त्य तथा गणतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्ने पत्रिकाकारुपमा परिचित छ ।






