क्यालिफोर्निया । अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा कार्यरत ९ वटा नेपाली संघ संस्थाहरुले एक समारोहका वीच सामाजिक अभियन्ता मदर राजन विश्व कर्मा लाई सम्मानित गरेका छन । आफ्नो केही दोषनभए पनि द्वन्दको चपेटामा परि आमा बाबुको सुरक्षा र माया बाट वन्चित वालवालिकाहरु लाई धेरै बर्षदेखी पालन पोषण र शिक्षा दिक्षा दिँदै आउनु भएको मदर राजन विस्वकर्माले सामाजिक न्यायको क्षेत्रमा ठुलो योगदान गरेको ठहर गर्दै उहाँलाई नगद सहीत च्याम्पियन अफ सोसियल जस्टिस अवार्ड द्वारा सम्मानित गरेको हो।
सो कार्यक्रमको सभापतित्व आयोजक संस्थाहरु मध्य एकनेपाली जनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टर कि कार्यवाहक सभापति लक्ष्मी केसी कार्किले गर्नु भएको थियो। कार्यक्रम सँयोजक प्रेम परीयारले सन्चालन गर्नु भएको सोकार्यक्रममा समाज सेवी महिला नेत्री हेमा पनेरुले स्वागत मन्तव्य राख्नु भएको थियो।
आयोजक संस्थाहरुको तर्फबाट समाजसेवी राजन विश्वकर्मालाई सम्मान गरिनका कारणहरु प्रकाश पार्दैनेपाल विश्व सहयोग संघ एन ए जि सि का संस्थापक अधक्ष मणी नेपाली पनेरुले उहाँले गरेका ति आदर्श कामहरुमा संस्थाहरुको सक्दो सहयोग रहने कुरा बताउनु भएको छ। सो कार्यक्रममा द्वन्दपीडित र अनाथ वाल वालिकाहरुलाई मदर राजनले कसरी सहयोग पुर्याईरहनु भएको छ भन्ने वारेमा तथा उहाँको जीवन संघर्ष र योगदान वारे बनाईएको डकुमेन्टरी प्रदर्शन गर्दा उपस्थितसहभागीहरु भाव विभोर भएका थिए।
कार्यक्रममा नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय वरिष्ठ उपाधक्ष धनन्जय नर सिंह केसी, शिक्षाविद डा आमोद पोखरेल, समाजसेवी वीध्या सागर योन्जन, नान्स का पूर्व अध्यक्ष डिकेन्द्र मास्के , लायन्स क्लब अफ बर्क्ली लाली गुराँस् का चार्टर प्रेसिडेन्ट निर्मल फुँयाल, नान्स का पूर्व अध्यक्ष यान राई, आयोजक संस्था हिमालयन फाउन्डेसनका अध्यक्ष तथा नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष यज्ञलाल श्रेष्ठले आ-आफ्नो मन्तव्य राखी सम्मानित व्यक्तित्व प्रती वधाई तथा शुभ कामना व्यक्त गरेका थिए ।
कार्यक्रमका आयोजक संस्थाहरु नेपाली जन संपर्क समिती अमेरिका, उत्तर क्यालिफोर्निया, गिरिजा प्रसाद कोइराला फाउन्डेसन, एन आर एन सि सि यु एस् ए क्यालिफोर्निया च्याप्टर, द व्हाइट जोन इन्टरन्यास्नल क्यालिफोर्निया च्याप्टर, वेष्ट अमेरिका नेपाली महा संघ, नेपाल असोसियसन फर ग्लोबल को अपरेशन, हिमालअयन फाउनडेसन कोर्प, नीलकृष्ण जसोदा, फाउनडेसन तथा गोर्खा अमेरिका संपर्क समितीका अधक्ष प्रतिनिधि, NANC का अध्यक्ष तथा आयोजक संस्था नील कृष्ण जसोदा फाउन्डेसन का अध्यक्ष इश्वर सिटौला लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती थियो।






