कृष्ण तिमल्सेनाले गरे एनआरएन युरोप क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने  विश्व सम्मेलनमा एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदका लागि  बेलायत निवासी कृष्ण तिमल्सेनाले उम्मेदवारी दिने भएका छन्।

लामो समय एनआरएन अभियानमा विभिन्न नेतृत्वदायी भूमिकामा रहने क्रममा हासिल गरेको अनुभवलाई सदुपयोग गर्ने योजनाका साथ आफूले सो पदमा उम्मेदवारी दिन लागेको तिमल्सेनाले बताए ।

करिब डेढ दशकदेखि लन्डन बस्दै आएका तिमिल्सिना नेपलिज सेफ एसोसिएसन यूकेका पूर्व अध्यक्ष, एनआरएनए यूकेका पूर्वउपाध्यक्ष तथा एनआरएनए आईसीसीका पूर्वसदस्य हुन्।

सन् २०१७ देखि १९ को कार्यकालका लागि एनआरएनए यूकेअध्यक्षको प्रत्यासी बनेका उनि हाल एनआरएन युकेको सल्लाहकार एबम एनआरएनए केन्द्रको ट्रेड इन्भेष्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्समा छन् ।

सेफ पृष्ठभूमिबाट करियर सुरू गरेका उनी एक दशकदेखि क्रिस फुडका प्रबन्ध निर्देशक रहेका छन् । तिमिल्सिनाले बेलायतका प्रायः च्यारिटी कार्यक्रममा सहयोगको हात फैलाउँदै आएका छन् । उनको नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी, बैंकिङ आदि क्षेत्रमा लगानी रहेको छ ।

एनआरएनले सञ्चालन गर्दै आएका सम्पूर्ण गतिविधिहरुमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका तिमल्सेनाले धरै अग्रज साथीहरुको सरसल्लाहमा आफूले उपसंयोजक पदमा उम्मेदवारी दिने निधो गरेको लन्डन नेपाल न्युज सँग कुराकानी गर्दै बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *