प्रवासी नेपाली मंच यूकेको १०औ बार्षिकोत्सब कार्यक्रममा भाग लिन नेकपा ऐमाले पोलिटब्यूरो सदस्य डा बिजय पौडेल लण्डन आईपुगे

लन्डन । प्रवासी नेपाली मंच यूकेको १०औ बार्षिकोत्सब कार्यक्रममा भाग लिन नेकपा ऐमाले पोलिटब्यूरो सदस्य तथा चर्चित मार्क्सबादी अर्थशास्त्री डा बिजय पौडेल लण्डन आईपुगेका छन उहांलाई संस्थाका अध्यक्ष रामशरण सिमखडा, संस्थापक अध्यक्ष आङकल्जंग लामा, उपाध्यक्ष रबिन्द्र कंणेल, सचिब धन क्षेत्री, सल्लाहकार शुष्मा राई लगाएतका थुप्रै एमाले कार्यकर्ता स्वागतका लागी बिमानस्थल पुगेका थिए। मंच स्थापना भएको १०औ बर्षको अवसरपारी संस्थाले बिभिन्न रचनात्मकक कार्यक्रमहरु श्रृखलाबद्ध रुपमा गर्दै आएको छ ।

यसै अवसरमा मुख्य समुद्घाटन तथा बृहद अन्तरकृया कार्यक्रम यही फेब्रुअरी १ तारिखमा स्थानीय ब्लु अर्किड-सिभिल ईन्जीनियर नर्थहोल्टमा सम्पन्न हुन गै रहेको छ । उक्त अवसरमा “बहुपहिचान सहित नेपालको संघीय लोकतान्त्रिक संबिधान, शिघ्र जारी गर्न सर्बत्र दबाव सिर्जना हाम्रो अभियान” भन्ने मुल नाराको साथ प्रा डा सुर्य सुबेदीले – “संघीय लोकतान्त्रीक संबिधान – बास्तबिकता र चुनौती”, प्रा डा पदम सिमखडाले – “संघियतामा सामाजिक रुपान्तरण – एक अनुभव”, डा अच्यूत गौतमले – “संघियता – अल्झिएको बिगत, बल्झिदो भबिश्य”, श्री बिश्व आदर्श पण्डितले – “समयमै संबिधान – लोकतान्त्रीक शक्तिहरुको अग्नी परिक्षा”, श्री कर्ण शाहीले – “पार्टीहरुको कशौटीमा – एकल पहिचान वा बहुपहिचान” साथै एमाले पोलिटब्यूरो सदस्य डा बिजय पौडेलले – “नयां नेपाल र लोकतान्रत्रिक संबिधान निर्माणमा एमालेको कर्तब्य गन्तब्य कता ? चुक्यौ कहां” ?? बिषयमा कार्यपत्रहरु प्रस्तुत हुने जानकारी प्राप्त भएको छ । उक्त कार्यक्रममा संस्थापक अध्यक्ष आङकल्जंग लामा तथा संस्थापक लय प्रसाईलाई सम्मान गरिने संस्थाका अध्यक्ष रामशरण सिमखडाले जानकारी दिनु भयो । जनवरी ३० मा रक्तदान, ३१ मा प्रेशमिट तथा बिस्तारित बैठक समेत हुने र सो को सम्पूर्ण तैयारी सम्पन्न भै सकेको उपाध्यक्ष तथा कार्यक्रम संयोजक रबिन्द्र कणेंलले जानकारी गराउंदै मंचका सबै पदाधिकारी तथा सदस्यहरु, समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरु तथा संघ संस्थालाई आमन्त्रण गरिसकेको र यदी आमन्त्रण प्राप्त नभएमा सबैलाई सूचना मानी कार्यक्रममा सहभागिताको लागी समेत अनुरोध गरिएको छ । स्मरण रहोस नयां नेतृत्वले कार्यभार सम्हाले पश्चात प्रत्येक कार्यक्रमहरु सफल र सृजनशिल हुंदै बैचारीक तथा सांगठानियकरुपमा प्रवासी नेपाली मंच अग्रणीरुपमा बेलायतमा स्थापित भएको सबैले महसुष गरेको छ । १०औ बार्षिकोत्सवकै अवसर पारेर कमलरी मुक्ती अभियन्ता पूर्ब सभासदको क्यान्सर उपचारार्थ ४ लाखको आर्थिक सहयोग केहि हप्ता मात्र हस्तान्तरण गरेको मंचले आफ्नो नेतृत्वमा संसार भरीका एमाले समर्थक २१ देशका प्रवासी नेपाली मंचहरुले समयै सबिधान निर्माणको लागी दबाब तथा संबिधान सभामा भएको गैरसंसदिय र भौतिक हमलाको कडा आलोचना गर्दै बिभिन्न दुताबासहरुको ज्ञापन-पत्र बुझाउने काम समेत सम्पन्न गरेको छ।