कवि पोख्रेल सुप्रमा पुरस्कारबाट सम्मानित

received_10210740920933211

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, (अनेसास) यूके ले कवि दुर्गाप्रसाद पोख्रेललाई अनेसास सुप्रमा पुरस्कार – २०१६ द्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ।

बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वर मानन्धरबाट सन् २०१२ मा वहाँको बुवा स्व. सुन्दर प्रसाद मानन्धरको स्मृतिमा स्थापित सो पुरस्कारलाई कवि मानन्धरको स्वर्गारोहणपछि वहाँकी धर्मपत्नी जानकी मानन्धर तथा परिवारबाट निरन्तरता दिईएको छ।

हरेक बर्ष बेलायतमा रहेर सृजना गरिएका कृतिहरू मध्ये एक उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने गरी स्थापित उक्त अनेसास-सुप्रमा पुरस्कार यस अघि २०१३ मा कवि मुकेश राईलाई , २०१४ मा कवि केदार सुनुवार `सङ्केत´ लाई तथा २०१५ मा कथाकार कृष्ण बजगाईलाई प्रदान गरिएको थियो ।

यसै क्रममा सन् २०१६ को लागि `अक्षरका पाइलाहरू´ कविता सङ्ग्रह उत्कृष्ट कृति रहेको ठहर गर्दै कवि पोख्रेललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। कवि पोख्रेलका ‘अमृतका थोपा’ र ‘अक्षरका पाइलाहरू’ गरी दुई कृति प्रकाशित छन्