लन्डन । डार्टफोर्ड नेपाली समाजको चौथो बार्षिक साधारणसभाले गजेन कटुवाललाई अध्यक्ष पदमा निर्विरोध अध्यक्ष चयन गरेको छ । कटुवालको संयोजकत्वमा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । समाजको उपाध्यक्षमा भरत लामिछाने र महिला उपाध्यक्षमा आशा फेराली, महासचिवमा लेखनाथ खरेल, सचिवमा धन क्षेत्री, कोषाध्यक्षमा हरि हाडखले रहेका छन् । यसैगरी सदस्यहरुमा गोरख कार्की, ध्रुव पौडयाल, मीरा घले, प्रमिला नेपाल, भगवती पांण्डे घिमिरे, पारिजात पाठक, माधब पराजुली, पवन श्रेष्ठ, प्रकाश थापा र सांस्कृतिक संयोजक सुनीता थापा रहेका छन् ।
डार्ट्फोर्डवासी नेपालीहरुको उल्लेख्य उपस्तिथी रहेको उक्त साधारण सभा संस्थाका पूर्व उपाध्यक्ष गीता गुरुङको स्वागत मन्तब्यबाट सुरु गरिएको कार्यक्रममा पूर्व अध्यक्ष दीपक थापाले नवनिर्वाचित कार्यसमितिलाई धन्यबाद सहितको शुभकामना मन्तब्य प्रकट गर्नुभएको थियो, उक्त सधारणसभामा बार्षिक प्रतिबेदन महासचिव बेद भट्टराई तथा आर्थिक प्रतिबेदन सरिता ढकालले प्रस्तुत गर्नु भएको थियो ।
चरणबद्ध रुपमा सम्पन्न कार्यक्रममा बिभिन्न मनोरंजनात्मक खेल तथा बार्बिक्यू समेत आयोजना गरिएको थियो र संस्थाका सल्लाहकार चंडिका भट्टको संयोजकत्वमा अन्य पांच सल्लाहकार नैनसिंग गुरुङ, डा. बच्चू कैनी, नारायण भट्टराई र राजेश पाठकसहितको निर्वाचन समितिले निर्वाचन कार्यक्रम संपन्न गराएको थियो ।
नवनिर्वाचित अध्यक्ष गजेन कटुवालले आफ्नो मन्तब्यमा संस्थाले आगामी दिनमा ठोस रुपमा नियमित भेटघाटको अलावा ४ वटा बिशेस क्षेत्रमा ध्यान दिएर काम गर्ने बताउनु भयो ।
१.संस्थाको सदस्यता र डाटा तथा सूचना अद्यावधिक गर्ने ।
२.डार्टफोर्ड आसपासका ब्यवसायिक तथा सामुदायिक नेपाली संघसंस्थाहरुको प्रतिनिधित्व सहितको लूज संगठन निर्माणमा पहल गर्ने जसबाट नेटवर्किंग तथा समयसापेक्ष्य बहसमा योगदान दिन सकियोस् ।
३.संस्थाको हालसम्मको गतिबिधिलाई समेटेर सामाग्री प्रकाशन गर्ने जसले गर्दा आगामी पिढीलाई हिजोको उपलब्धि रेखांकित रुपमा हस्तांतरण गर्न सकियोस् ।
४. जिम्मेवार र सबैले आफ्मो संस्थाहो भन्ने भावनाको अभिबृद्धि का लागि काम गर्ने ।






