तामाङ समाज सिड्नीले यसपटक च्यारिटेबल बारबिक्यु गर्ने

तक्दीर अधिकारी/अनु तामाङ
सिड्नी । तामाङ सोसाइटी सिड्नीले नियमित रुपमा आयोजना गर्दै आएको बारबिक्यु यस वर्ष अगस्ट १० मा आयोजना गर्ने भएको छ । कार्यक्रम एसफिल्ड पार्कमा दिउँसो १२ देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । विगतभन्दा यस वर्ष फरक ढंगले बारबिक्यु आयोजना गरिएको महासचिव अविरल तामाङले जानकारी दिए ।

समाजले सन् २००९ देखि बारबिक्यु कार्यक्रम राख्दै आएको थियो । यस वर्ष बारबिक्युसँगसँगै भेटघाट कार्यक्रम थप गरिएको छ । ‘इन्टरनेशनल स्टुडेन्ट इर्मेजेन्सी फन्डमा थप सहयोग पुगोस् भनेर भेटघाट कार्यक्रमलाई पनि थप गरिएको हो । महासचिव तामाङले भने, ‘कार्यक्रम च्यारिटेबल बनोस् भनेर बारबिक्युसँगै भेटघाट कार्यक्रम राखेका हौं ।’

यसपटक समाजले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि स्थापना भएको ‘इन्टरनेशनल स्टुडेन्ट इर्मेजेन्सी फन्ड’ वृद्धिको कार्यक्रम राखिएको छ । फन्र्डले सुरुका दिनमा संकटमा परेका धेरै विद्यार्थीलाई राहत उपलब्ध गराएको थियो । तर अहिले फन्र्डमा पैसा सकिँदै गयो, तर पीडित विद्यार्थीको संख्या बढ्दो छ, महासचिव तामाङले भने, ‘पीडित विद्यार्थीलाई सहयोग गर्न पर्याप्त मौजुदा छैन, त्यसैले बारबिक्यु कार्यक्रमबाटै फन्र्ड वृद्धिको अभियान सञ्चालन गरेका हौं ।

प्रवेश शुल्क १५ डलर तोकिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य समाजका सदस्यबीच एकाअपसमा भेट्घाट रमाइलो गर्नुका साथसाथै सिड्नी आएका नयाँ भाइबहिनीलाई समाजमा स्वागत गर्ने र पारिवारिक वातावरणको महसुस गराउनु रहेको बताइएको छ । उक्त रकम समस्यामा रहेका नेपाली विद्यार्थीमा खर्च गरिने महासचिव तामाङले जानकारी दिए । कार्यक्रममा सहभागिताका लागि सिड्नीमा रहेका नेपाली समुदायलाई महासचिव तामाङले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *