सुनितामीको तीज कोसेली ‘बाबरी लाइछौं’ सार्वजनिक

शिव भण्डारी
लन्डन । चर्चित लोक गायिका सुनितामी परियारको तीज कोसेली ‘बाबरी लाइछौ’ गीत सार्वजनिक भएको छ । पछिल्लो समय श्रोतामाँझ ‘मेरो बुढाको के मिलेन के’, ‘झम, झम लर्कौला साडी’, ‘इतिहासको पानामा नाम लेख्न पाऊ’, ‘छोडी मलाई न जाउ है सानु’, ‘कहाँबाट जिन्दगीले ल्यायो यहाँसम्म’, ‘तिम्रो त्यो मन दुःखला भनी चर्को बोलिन’लगायत दर्जनभन्दा बढी लोकप्रिय गीत परियारले बजारमा सार्वजनिक गरिसकेकी छन् ।

बाबरी लाइछौं तीज गीत सुन्दा गाउँपाखामा दाउरा घाँस जाँदा सबैको मुखमा भुन्डिने, सुनिने एकदमै मौलिकता बोकेको, नेपाली संस्कृतिक झल्काउने शब्दहरुले सजिएको छ । गीतमा रविन लामिछानेको शब्द रहेको छ भने विष्णुमाया परियारले संकलन गरेकी हुन् । सुदीप सागरले एरेन्ज, म्युजिक भिडियो सम्पादक नवीन निरौला, छायांकन नवराज उपे्रती, निर्देशक सुबोल थापा, कोरियोग्राफर निर्देशक गम्भीर विष्ट र अनिता ग्वाछाले गरेकी हुन् ।

अर्का ख्यातीप्राप्त गायक खुमन अधिकारीसँग सुनितामीको सुमधुर आवाजको गीत ‘बाबरी लाइछौं’ तीज गीतको म्युजिक भिडियोमा मोडल गम्भीर थापा र गायिका सुनितामी स्वयले अभिनय गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *