लण्डन आइपुगे गुल्मेली मेलामा बबाल प्रस्तुति दिन गायक अर्जुन कुंवर पित्री बुडो

लन्डन- गुल्मी जिल्ला समाज यूकेको मेलामा बबाल प्रस्तुति दिन नेपालबाट गुल्मेली लोकदोहोरी गायक अर्जुन कुंवर पित्री बुडो लण्डन आइपुगे का छन् ।

कलाकार कुवर लन्डन हिथ्रो विमानस्थलमा उत्रिंदा समाजका माहासचिब मोहन घिमिरे तथा कार्यसमितिका सदस्य अर्जुन बस्नेत लगायत पदाधिकारीहरुले स्वागत गरेका थिए।

विमानस्थल पुगेका माहासचिब घिमिरेले सम्पूर्ण तयारी भएको र कलाकारहरु लाई स्वागत गर्न पाउदा खुसि लागेको लण्डन नेपाल न्युज लाई बताए।

गुल्मेली लोकदोहोरी गायक अर्जुनका चर्चित गित
आशुको कारखाना,सचिन सँगको ओठ खोलेर, गुल्मेलीको नाच,भजन,हास्य लगायत कयौ चर्चित गितहरु रहेका छन्।

आउँदो ३ अगष्ट आइतबार लन्डन फेल्थामको ट्युडोर पार्क स्पोर्टस् एन्ड लिजरको मैदानमा हुने कार्यक्रममा राष्ट्रियदेखि स्थानीय स्तरसम्मका आधा दर्जन बढी कलाकारको प्रस्तुति हुने भएको हो ।

कार्यक्रममा लोकप्रिय गायिका रचना रिमाल, गायिकाहरु रेनुका भट्टराई घिमिरे, सीता परियार र सृष्टि पुनका साथै डान्सर अस्मिता पुरीले पनि आफ्नो प्रस्तुति गर्ने भएका छन् ।

कार्यक्रममा प्रथम नौमति बाजा गुल्मी यूके समूहको नौमती बाजाको प्रस्तुति गुल्मीका प्रचलित मौलिक सोरठी नाच, सराय नाच, लाखे, घांटु नाच, तीजगीत, भजनदेखि गुल्मेली झयाउरे, ठाडो भाका र सालैजो सम्मका प्रस्तुति रहेको छ ।

कार्यक्रममा सहभागीहरुलाई राराका प्रमुख प्रताप रायमाझीको क्याटरिङ र व्यवस्थापनमा लाइभ स्टलमा सेलरोटी जलेवी, चटपटेका साथै बारबीक्यू सहित तीन कोर्स खाना रहेको छ ।

कार्यक्रम संयोजक क्याप्टेन ताम ढेगाले यसपटकको  कार्यक्रम थप गुणस्रीय र मनोरञ्जनत्मक आकर्षक बन्ने बताए।

आयोजक गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष रुद्र थापाले कार्यक्रममा बेलायतवासी समस्त नेपाली र सम्पूर्ण गुल्मेलीहरुलाई कार्यक्रममा आउन निम्ता गरेका छन् । थापाले निमन्त्रणा नपुगे यसैलाई निम्तो मानेर कार्यक्रममा आउन अनुरोध पनि गरेका छन् ।