अमेरिका आप्रवासीमाथि थप कठोर

न्युयोर्क । अमेरिकाले कानूनी दायरामा नआएका अर्थात गैर कानूनी या कानून सम्वत आप्रवासी बन्नका लागि कागजात पूरा गर्न नसकेकाहरुलाई उनीहरुको देश फिर्ता गर्नका लागि ‘फास्ट–ट्र्रयाक’ प्रक्रिया अपनाउने भएको छ । आप्रवासी सम्बन्धी अदालतलाई ‘बाइपास’ गर्नका लागि अमेरिकाले ‘डिपोर्टेसन’ का लागि नयाँ प्रक्रिया सुरु गर्ने भएको हो ।

नयाँ नियम अनुसार आफू पछिल्लो दुई वर्षदेखि लगातार अमेरिकामै रहेको प्रमाणित गर्न नसक्ने आप्रवासीहरुलाई अमेरिकाले तत्काल डिपोर्ट (अमेरिकाबाट निकाला गरी उनीहरुको मातृभूमि फिर्ता गर्ने) गर्ने छ । नयाँ नीति मंगलबार प्रकाशनमा आउने अपेक्षा गरिएको छ । प्रकाशनमा आए लगत्तैदेखि अमेरिकाभर सो नियम लागु हुनेछ ।

तर अधिकारवादी समूह अमेरिकन सिभिल लिबर्टिज युनियन (एसिएलयु) ले नयाँ नीति विरुद्ध अदालत जाने जनाएको छ । आप्रवासी सम्बन्धी अमेरिकी रणनीति पछिल्लो समय अनुसन्धान या सुक्ष्म निरीक्षणको घेरामा आएपछि नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ नीति ल्याउन लागेको हो । विशेषगरी मेक्सिकोसँग सीमा जोडिएको अमेरिकाको दक्षिणी क्षेत्रमा रहेका डिटेन्सन सेन्टरको अवस्था तथा त्यहाँ बालबालिकाको नाजुक बसाईलाई लिएर अमेरिकाको आलोचना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *