लन्डन । बेलायतमा ओप्पोको फोनसँगै बहुचर्चित र बहुप्रतीक्षित जी–५ मोबाइल सेवा सुरु भएको छ । ओप्पोले यो रेसमा सामसुङ र एप्पललाई उछिनेको छ । गुगलका सेवा बन्द नहुँदै विश्वको दोस्रो ठूलो मोबाइल उत्पादक हुवावेको अन्तर्राष्ट्रिय बजारमा हुने बिक्री ४० देखि ६० प्रतिशतसम्म घटिसकेको छ । यो वर्षको आम्दानी कम्तीमा ३० खर्बले घट्ने कम्पनीको अनुमान छ । गुगल सेवा बन्द हुँदा उसको अन्तर्राष्ट्रिय बजार हिस्सा पूरै गुम्नेछ । तर चीनभित्र भने पाँच वर्षदेखि नै गुगलसेवा प्रतिबन्धित भएकाले यसको बजारमा खास फरक नपर्ला ।
सामसुङ र एप्पलपछि ओप्पो तेस्रो ठूलो मोबाइल ब्राण्ड बनेर उदाएको छ । हुवावे पछि पर्नुको सबैभन्दा बढ़ी फाइदा ओप्पोलाई नै हुनेछ । ओप्पोको अर्को ब्राण्ड भिभो र वन प्लस पनि विश्वमै चौथो र पाँचौं नम्बरमा पर्छन् । आफ्ना मोबाइल कम्पनीहरू ओप्पो, भिभो, श्याओमी, वन प्लस, लेनोभो (मोटोरोला), जेडटिई लगायतका ब्राण्डको विश्वभर बलियो र फैलिँदो बजार भएकाले चाइनाले ठूलो दबाबका बाबजुद पनि एप्पलमाथि प्रतिबन्ध लगाइहाल्न सकेको छैन ।
कुनै बेला नोकिया, साइमेन्स र इरिक्सनजस्ता ब्राण्डमापÞर्mत् विश्व मोबाइलमा युरोपियन कम्पनीको राज थियो । आज नोकियाको जम्मा एक प्रतिशत बजार हिस्सा छ । क्यानडाको ब्ल्याकवेरी, कोरियाको एलजी, जापानको सोनी, ताइवानको एचटीसीजस्ता कुनै बेलाका प्रतिष्ठित ब्राण्ड आज अस्तित्व बचाउन संघर्षरत छन् । उता गुगलले पनि मोबाइल सेट उत्पादनमा खुट्टा जमाउन खोज्दै छ । उसले पिक्सेल ब्राण्डमा आफ्ना उत्पादन बेच्ने गरेको छ ।
नारायण गाउँलेको फेसबुकबाट






