कर्णालीको माइनस २ डिग्री चिसो पानीमा हरायो जीप, उद्धारमा समस्या

काठमाडौं– हुम्लाको खार्पुनाथ गाउँपालिकाको बेडिबिसौनामा मंगलबार दिउँसो कर्णाली नदीमा खसेको १० जनाभन्दा बढी सवार जीप अझै भेटिएको छैन । खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु जाँदै गरेको लु१ज ७१६६ नम्बरको जीप बेडुबिसौना भन्ने ठाउँबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार जीपमा १६ जना सवार रहेको बताइएको छ । कणाली नदीमा जीप खसेसँगै हालसम्म यात्रुको अवस्थाबारे थाहा हुन सकेको छैन । हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार नदीको पानी अत्याधिक चिसो भएकाले उद्धारमा समस्या आएको छ । उनले भने, ‘नदीको पानी माइनस २ डिग्री छ ।’

त्यस्तै सीडीओ ढकालले कर्णाली नदीमा धमिलो र बहाव बढेकाले जीप र यात्रुको अवस्था पत्ता लगाउन समस्या भएको बताए । जिल्लाको सदरमुकाम सिमकोटमा भएका सिम्रिक एयर र समिट एयरका दुई÷दुई गरेर चार हेलिकप्टरद्वारा जीप र यात्रुहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा जीप र यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

वेपत्ता यात्रुहरुको नामावली

हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शिन्धु हमाल (शाही), ड्राइभर मणि शाही, चन्द्र हमाल, ढुक्कु भण्डारी, वसन्ती शाही, नन्ददेवि सिंह वेपत्ता रहेका छन् । उनीहरु सबै खार्पुनाथ गाउँपालिका स्थानीय हुन् ।

यसैगरी खार्पुनाथ गाउँपालिकाण् १ की कौर कामी र उनको २ वर्षको बालक समेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एकजना मिस्त्री समेत परेका छन् तर उनको नाम भने पहिचान हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *