युएस–नेपाल पोलिसी रिसर्च सेन्टरमा नयाँ नेतृत्व

सानफ्रान्सिस्को । युएस–नेपाल पोलिसी रिसर्च सेन्टरको नयाँ नेतृत्व चयन भएकोछ । सेन्टरको चौथो वार्षिक सम्मेलन गतसाता युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेमा सम्पन्न भएकोे थियो ।

आगामी ३ वर्षका लागि सर्वसम्मती बाट डा. राजन पन्त अध्यक्षमा र डा.सुमन पराजुली कार्यकारी सचिवमा चयन हुनुभएको हो । यसैगरी कार्यसमितीमा तरुण पौडेल, डा. देशराज संयोक, डा.दिनबन्धु भट्ट, डा.इश्वर श्रेष्ठ, जगदंबा अधिकारी, शृष्टी भट्टराइ र डा.लेखनाथ अधिकारी चयन हुनुभएको छ ।

अमेरिकामा रहेका नेपाली बैज्ञानिक, बिज्ञ र ब्यवसायिक ब्यक्तीहरु संलग्न संस्था युएस–नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकामा रहेका नेपाली र नेपालका सन्दर्भमा नितिगत र प्राज्ञिक विषयहरुमा नेपाल र अमेरिकामा काम गर्ने गर्दछ । २०१५ मा स्थापित युएस–नेपाल पोलिसी सेन्टरले सिकागो,भर्जिनिया,बोस्टन र सानफ्रान्सिस्को शहरमा बिगतमा वार्शिक सम्मेलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *