चन्द समूहलाई वार्तामा ल्याउन सरकारलाई सुझाव

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

नेपाल तरुण दलले आज काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस नेता खाँडले चन्द समूहलाई वार्तामा ल्याउने वातावरण बनाउन सरकारलाई सुझाव दिएका हुन् ।

उनले वार्ताको वातावरण बनाउन सरकार लचिलो हुनुपर्ने र चन्द समूह पनि आफ्ना अडान त्याग गरेर सहमतिमा आउनुपर्ने बताए ।

नेता खाँणले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सधैं वार्ता र सहमतिमा जोड दिने बताए ।

विध्वसंबाट मुलुक र स्वयम् विप्लव समूहलाई नै क्षति पुग्ने भएकाले सहमतिको विकल्प नभएको उनको भनाइ थियो ।

खाँणले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको समेत विरोध जनाउनु भयो । विधेयक फिर्ता नभए मुठभेडको स्थिति सिर्जना हुने उनको चेतावनी थियो ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सरकारविरुद्ध सडक र सदनबाट खवरदारी गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *