काठमाडौँ– सरकारले वेपत्ता पारेका व्यक्तिको छानविन तथा सत्य निरुपण र मेलमिलाप आयोगको प्रमुख छनोट गर्न चार सदस्यीय छनोट समिति गठन गरेको छ ।
समितिको संयोजकमा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा मानवअधिकार आयोग, द्वन्द्व विज्ञ, महिला अधिकारको क्षेत्रबाट क्रमश रामनाथ मैनाली, प्रेमबहादुर खत्री र शर्मिला कार्की रहेका छन् ।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले समिति गठनबारे जानकारी दिएका हुन् ।






