लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोप क्षेत्रको क्षेत्रीय बैठक सम्पन्न भएको छ । बैठकले एनआरएन यूरोप क्षेत्रीय बैठकले संघले नियमीत वर्ष झै गर्दै आएको बैठक यस वर्ष रोममा गर्ने निर्णय गरेको छ । एनआरएन आइसिसी अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक २४ मार्च २०१९ मा क्षेत्रीय सयोजक शिव बरुवालको अध्यक्षतामा बसेको थियो । सो बैठकले सम्मेलनको मिती तय गरेको हो ।
युरोप का २८ रास्ट्रमा फैलिएर रहेको एन आर एन युरोप क्षेत्र को बैठक मा युरोप क्षेत्रका एन सि सि का अध्यक्ष तथा महासचिवहरु, आइसिसि सदस्यहरु युरोप क्षेत्रका उपसयोजकहरु, महिला उपसयोजक , युबा उपसयोजकको पनि
सहभागिता रहेको थियो ।
सस्थाले बिगत मा गरेका गतिविधि को समिक्षा गर्दै आगामी कार्ययोजना तयार गर्न आयोजना गरिएको बैठकले युरोप क्षेत्रका आगामी कार्ययोजनामा सघ को सदस्यता बितरण तथा नवीकरण लाई ब्यबस्थित रुपमा युरोपका सबै देश हरुमा अब तुरुन्तै सुरु गर्ने सवै एन सि सि हरुले यश समर मा नेपाल महत्सोब को आयोजना गरि नेपाल भ्रमण बर्स२०२० को व्यापक प्रचार प्रसार गर्ने र यश बर्ष को युरोप क्षेत्रको क्षेत्रीय भेला आगामी अगस्ट ३,४ मा इटलीको रोम शहर भब्य रुपमा आयोजना गर्ने निर्णय गरियो ।
साथै यश बैठक बाट १२औ युरोपेली भेला लाई भब्य रुपमा सम्पन्न गर्नको लागि युरोप सयोजक शिव बरुबाल को सयोजकत्वो मा युरोप क्षेत्र का सम्पुर्ण आइ सि सि सदस्य एन सि सि अध्यक्ष आयोजक रास्ट्र इटली को उपाध्यक्ष महासचिव समेत रहने गरि एक मुल आयोजक समिती गठन गरेको छ ।
युरोप उप सयोजक गोबिन्द प्रसाद गौतम ले संचालन गरेको बैठकमा युरोप क्षेत्रका महिला उपसयोजक , युबा उपसयोजक साथै एन सि सि अध्यक्ष हरुले आफ्नो प्रगती प्रतिबेदन प्रस्तुत गर्दै सदस्यता बितरण को लागि सघ ले सुरु गरेको नया डिजिटल प्रबिधी लाई सहज बनाउनु पर्ने र डाटा सुरक्षा को ग्यारेन्टी हुनु पर्ने कुरा राखेका थिए ।
आइ सि सि सदस्य हरुले आइ सि सि र एन सिसि बिच समन्वय को भुमिका खेल्दा भोगेका समस्या को बारेमा कुरा राख्नु भएको थियो भने यस बैठक मा आइ सि सि को तर्फबाट उपाध्यक्ष कुमार पन्त र सपिला राज भन्डारीले सम्बोधन गर्दै आइ सि सि आगामी कार्ययोजना को बारेमा बताएका थिए ।






