लण्डन ।नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय नेता लण्डन आउने भएका छन् l युनियनको पहिलो अधिवेसन यहि मार्च ३१ तारिख लण्डनको प्लमस्टिडस्थित गेसो हलमा हुने भएको हो ।

बेलायतको प्रथम अधिबेशनमा भाग लिनका लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल सहित उपाध्यक्षद्धय दिपक आचार्य र बाला अधिकारी र महासचिवअजयबाबु शिवाकोटी लण्डन आउंदैछन् ।

युनियनको पहिलो विदेश शाखाका रुपमा बेलायत शाखा सन् २०१६ मै स्थापना भएको थियो । तर विभिन्न प्राविधिक कारणले अहिलेसम्म शाखाले अधिवेसन गर्न सकेको थिएन । केहि साता पहिले युनियन केन्द्रले तत्काल अधिवेसन मिति तोक्न आग्रह गर्दै पत्र पठाएको थियो ।

पहिलो अधिवेसन सम्पन्न गर्न केन्द्रले नेपाल प्रेस युनियन बेलायत शाखाका संयोजक पत्रक्रार विपिन निरौलालाई तोकेको छ ।

 

फेसबुक कमेन्ट