काठमाडौं– सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् ।
नारी दिवसको अवसरमा बुङ्गल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा उनलाई शुक्रबार बिहान १० बजेतिर बझाङको केदारस्युँ गाउँपालिका सैन्सुबाट मल्ल अपहरित भएकी हुन् ।
नेकपा (विप्लव समूह)ले अपहरण गरेको आशंका गरिएको छ।
बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले मल्ल अपहरणमा परेकोजानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभयो ।






