लण्डन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत आउने भएका छन् । नाटोका सदस्य राष्ट्रप्रमुखहरुको एक सम्मेलनमा भाग लिने शिलशिलामा आउंंदो डिसेम्बरमा राष्ट्रपति ट्रम्प दोस्रोपटक बेलायत आउने भएका हुन् ।
नाटोका महासचिव जेन्स स्टोलटेनबर्गले सुरक्षा चुनौतिहरुको बारेमा छलफल गर्न लण्डनमा आयोजना हुने सम्मेलनमा राष्ट्रपति ट्रम्प पनि सहभागी हुने पुष्टी गरेका छन् ।
बेलायती प्रधानमन्त्री टेरेसा मेले नाटोको संस्थापक सदस्यमध्येकै एक बेलायत यस वर्ष ७० औं वार्षिकोत्सवको सन्दर्भमा सम्मेलन होस्ट गर्ने अवसर पाएकोमा खुशी रहेको बताइन् ।
यसअघि राष्ट्रपति ट्रम्पले पहिलोपटक सन् २०१८ को जुलाईमा बेलायतको भ्रमण गरेका थिए । राष्ट्रपति ट्रम्पले गत वर्ष आफ्नो पहिलो बेलायत भ्रमणको क्रममा ठूलो विरोध प्रदर्शनको सामना गरेका थिए ।






