अष्ट्रेलियाको पर्थमा आयोजित ‘प्रथम हार्मोनी कप’ले खेलाडीमा थपियो उत्साह (फोटोफिचर)

लन्डन – एनआरएनए पश्चिम अष्ट्रेलियाले पर्थमा आयोजना गरेको पहिलो हार्मोनी कपले पर्थमा आयोजना गरेको खेलप्रति नेपाली युवाहरु उत्साहीत भएका छन् । पर्थको खेलकुद कार्यक्रमले नेपाली खेलाडीमा थप उत्साह थपिदिएको हो ।

पश्चिम अष्ट्रेलियाका खेलकुदप्रेमी नेपालीहरुको खेलकुद गतिबिधीलाई प्रोत्साहन गर्दै सामाजिक एकता र सदभावलाई बढावा दिन आयोजना गरिएको पहिलो हार्मोनी कपमा फुट्बल, क्रीकेट, भलिबल र म्युजिकल चेयर खेल खेलाईएको थियो।

ओसीनीया क्षेत्रको स्पोट्स कमिटी सचिव तथा एनआरएन सचिव माधव ढुंगानाले प्रतियोगिताले नेपाली खेलाडीमा थप उत्साह पलाएको बताए । उनका अनुसार प्रतियोगितामा ५ वटा खेल समावेश गरिएको थियो । जसमा क्रिकेट, फुटवल, भलिवल, म्युजिकल चियर र ब्लाइण्डफोल्ड खेल रहेका थिए । जसले नेपाली युवाहरुमा खुसीका साथै उत्साहीत समेत बनेको बनेका हुन । ‘हार्मोनी कप’ यो वर्षबाट शूरु गरिएको र आगामी वर्षमा पनि निरन्तरता दिर्दै जाने सचिव ढुंगानाले बताए ।

एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष एवं पश्चिम अस्ट्रेलियाका संयोजक दिपक शर्माले प्रतियोगिता निकै भब्य र सम्य भएको बताए । प्रतियोगितालाई प्रभावकारी रुपमा सञ्चालन गरेकै कारण युवाहरुमा थप उत्साह पलाएको उनले बताए ।

कार्यक्रममा एनआरएन आईसिसी स्पोर्टस कमिटि कोअर्डीनेटर राजु मानन्धर, एनआरएन ओसनीया क्षेत्रका स्पोर्टस कोअर्डिनेटर भुपाल सिटौलाले कार्यक्रम उपलब्धीमूलक भएको बताउँदै नेपाली युवाहरु अझ बढी सक्रिय हुनुपर्ने धारणा राखे । पहिलो पटक आयोजना गरिएको यस्तो प्रतियोगताले सबैलाई उत्साह र खुसी थपिएको पाएको बताए ।

पर्थको रेड्क्लिफ र गेरी आर्चर एथलेटिक्स पार्कमा आयोजना गरिएको उक्त प्रतियोगितालाई उपस्थित नेपालीहरुले उत्साहाका साथ अवलोकन गरेका थिए। दर्शक दिर्घाबाट प्राप्त समर्थन र मायाले सहभागी खेलाडिहरु प्रसन्न देखिन्थे। प्रतियोगितामा पर्थका लागि नेपाली अबैतानिक दुत फ्रेड ब्राउनले समेत सहभागीता जनाएका थिए। प्रतियोगिताका बिजेता, उपबिजेता र सहभागी समुह तथा खेलाडीहरुलाई बिभिन्न बिधाहरुमा एनआरएनए पश्चिम अष्ट्रेलियाले ट्रफी र मेडल प्रदान गरेको थियो।

क्रीकेट

हर्मोनी कपमा पर्थका तीन क्रीकेट क्लबहरु नेपाली वारीयर्स, बेल्मोन्ट नेप्लिज र पर्थ नेपाल क्रीकेट क्लबले सहभागीता जनाएका थिए। जस अन्तर्गत पर्थ नेपाल क्रीकेट क्लबले फाइनलमा नेपाली वारीयर्स क्लबलाई हराउदै क्रीकेट खेल तर्फको बिजयी बन्न सफल भएको थियो१ प्रतियोगितामा ६ विकेट लिन सफल भएका पर्थ नेपाल क्रीकेट क्लबका राजन शर्मा उत्कृष्ट बलर बने भने पर्थ नेपाल क्रीकेट क्लबका अर्का खेलाडी सुप्रित प्रधान सर्बाधिक १०९ रनका साथमा ५ विकेट र २ क्याच लिएर प्रतियोगिताकै उत्कृष्ट ब्याट्स्म्यान र प्लेयर अफ द टुर्नामेन्ट बन्न सफल भए।

भलिबल

भलिबल तर्फको प्रतियोगितामा कुल चार वटा समुह सगरमाथा, अन्नपूर्ण, धवलागिरी र अलुम्नी रामपुरले सहभागीता जनाएका थिए। फाइनल खेलमा सगरमाथा र धवलागिरी समुहले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए जस अन्तर्गत सगरमाथा समुह भलीबल खेलको बिजेता बन्न सफल रहयो भने धवलागिरी उप बिजेता। उत्कृष्ट खेल प्रदर्शन गरेका सगरमाथा समुहका राम थापा प्लेयर अफ द टुर्नामेन्ट बने।

फुट्बल

फुट्बल खेलमा ग्लोरी हन्टर्स, युनाइटेड ब्रदर्स, पर्थ हुरिकेन र हिमालयन टाइगर्स गरी चार समुहले सहभागीता जनाएका थिए। रोमान्चक बनेको फाइनल खेलमा २(० को अन्तरले पर्थ हुरिकेनलाई हराउदै हिमालयन टाइगर्स फुट्बल खेल तर्फको बिजेता बन्यो। प्रतियोगिताभर ४ गोल गर्दै पर्थ हुरिकेनका नमाङ तासी हाइएस्ट स्कोरर बने। त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्दै पर्थ हुरिकेनका समालोचन धिताल बेस्ट गोल किपर बने। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका हिमालयन टाइगर्सका दिलिप थापा प्लेयर अफ द टुर्नामेन्ट बन्न सफल भए।

एनआरएन एसियाना खेलकुद समितीको समेत बिशेष सहयोग रहेको हार्मोनी कपमा पर्थका खेलप्रेमी नेपालीहरुले आफुहरुलाई यस्ता खेलकुदका गतिबिधीहरु आगामी दिनमा राम्रो खेल प्रदर्शन गर्न मद्धत मिल्ने बताउदै हार्मोनी कपलाई निरन्तरता दिन एनआरएनए पश्चिम अष्ट्रेलियालाई आग्रह समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *